१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रास्वपाको दस्तावेजलाई अन्तिम रुप दिन १७ सदस्यीय कार्यदल गठन

४ असार २०८०, सोमबार ०७:२७

असार ४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन महामन्त्री डा. मुकुल ढकालको नेतृत्वमा १७ सदस्यीय कार्यदल बनाएको छ ।

रास्वपाले आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार यो कार्यदलमा पदाधिकारीबाट महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटी छन् ।

अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बुर्लाकोटीले जानकारी दिए । उक्त दस्ताबेजमाथि पटक पटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने रास्वपाको तयारी छ । ‘त्यसपछि पार्टी सभापतिलाई बुझाउँछौं’, सहमहामन्त्री बुर्लाकोटीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट