१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली बालिकाको भिडियो सेयर गर्दै मिसेल ओबामाले भनिन्- उनको कथाबाट उत्प्रेरित छु

४ असार २०८०, सोमबार ११:३८

असार ४, काठमाडौँ | अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामा परोपकारी कार्यका कारण विश्वभर चर्चित छिन् । पडकास्टमार्फत युवापुस्तालाई प्रेरणा दिनेदेखि ओबामा फाउण्डेसनबाट शिक्षा, स्वास्थ्य र महिला सशक्तीकरणमा उनको सक्रियता लोभलाग्दो छ । पति बाराक ओबामा ह्वाइट हाउसमा हुँदादेखि नै उनी कल्याणकारी कार्यमा सक्रिय छिन् ।

‘वर्ल्ड फादर्स डे’को अवसरमा एक भिडियो सेयर गर्दै उनले एक नेपाली बालिकाको शिक्षामा सघाउने वचन दिएकी छन् । देछेन नामक ती नेपाली बालिकाको उक्त भिडियो सेयर गर्दै उनी लेख्छिन्, ‘म देछेनबाट उनको बुबाले केटीलाई शिक्षा दिने कामको कथाबारे उत्प्रेरित छु । द स्मल वल्र्ड नेपालको यस्तो संस्था हो, जुन गल्र्स अलायन्सको हिस्सा पनि हो । म आशा गर्दछु कि तपाईंले संसारभरका यस्ता संस्थाहरूलाई समर्थन गर्नुहुनेछ ।’

उनले किशोरीलाई सशक्त तुल्याउने कुरामा शिक्षाको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै उक्त संस्थालाई आर्थिक रुपमा सघाउन ‘गो फन्ड मी’को लिंक पनि सेयर गरेकी छन् । यो गल्र्स अलायन्स ओबामा फाउण्डेसनको एक हिस्सा हो । जसले संसारभरका किशोरीलाई शिक्षा दिलाउने कार्यमा काम गर्छ ।

मिसेलले सेयर गरेको काठमाडौंको उक्त भिडियो मर्मस्पर्शी लाग्छ, जहाँ देछेनका बुवाले छोरीको शिक्षाका लागि गरेको मेहनत देख्न सकिन्छ । ओबामाले छोरीलाई पढाउन देछेनका बुवाले गरेको संघर्षप्रति सहानुभूति पनि व्यक्त गरेकी छन् । उनले सेयर गरेको लिंकअनुसार ओबामा फाउण्डेसनअन्तर्गतको गल्र्स अलायन्सले ती बालिकालाई पढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट