२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

यो मोर्चा कसैलाई लक्षित गरेर बनेको होइन, अहिलेदेखि बर्बराउन पर्दैन: उपेन्द्र यादव

२०८०, ४ असार सोमबार ११:५५

असार ४, काठमाडौँ | जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैप्रति लक्षित नबनेको भएकाले अहिलेदेखि नतर्सिन आग्रह गरेका छन् ।

समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले मोर्चा घोषणाअघि नै केही व्यक्तिहरु बर्बराउन थालेको बताए ।

उनको भनाइ जस्ताको तस्तै

चार दल मिलेर साझा कुराहरुमा हामी अगाडि बढ्छौं । दलहरुको आआफ्नो विचार र दृष्टिकोण छन् । तर, साझा मुद्दालाई लिएर अगाडि बढ्छौं । यो मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क हुनुपर्छ । हुन त मोर्चा र गठबन्धन बन्दै भत्किँदै गरेकाले के हो, कसो हो भन्ने लागेको पनि हुनसक्छ ।

त्यो आशंका हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत सावित गर्दै निश्चित उद्देश्य प्राप्तिका लागि वैचारिक राजनीतिक रुपमा अगाडि बढाएका हौं । यो आफ्नो लक्ष्यअनुसार बढ्नेमा ढुक्क छौं । यो मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्दैन । हामी परिवर्तन र राष्ट्र निर्माणमा अघि बढ्छौं । यो कसैको विरुद्धमा लक्षित छैन ।

केही साथीहरु अघि नै बर्बराउन थालेको देख्छु । हामी देश र जनताको लागि सहकार्य र सहयोगको आधारमा अगाडि बढ्छौं । तर, प्रतिगमनकारी शक्तिहरु जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल खेलेका छन्, तिनका विरुद्ध यो मोर्चा होमिनेछ । आवश्यक परे संघर्ष पनि गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा