३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीलाई सङ्केत गर्दै माधव नेपालले भने– तर्साउन र घुर्क्याउन मोर्चा बनाएका होइनौँ

४ असार २०८०, सोमबार १२:१९

असार ४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई घुर्क्याउन र तर्साउन गठन नगरिएको बताएका छन् ।  सोमबार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाबाट कोही आत्तिनु नपर्ने बताए । 

‘हामीमा कुनै संर्किणता र आग्रह पनि छैन । मैले सुनिरहेको छु–केही केही नेताहरूलाई परेको रहेछ कि यो मोर्चा बन्नुमा दुई वटा कुरा छ । यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न’, अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै भने, ‘कसैलाई तर्साउन र मुकाबिला गर्न पनि मोर्चा बनाएको होइन ।’ 

केही दिनअघि एमाले अध्यक्षले मोर्चा घुर्क्याउन र तर्साउन बनाएको भनेर टिप्पणी गरेका थिए । 

उनले सबै सकारात्मक शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाएको भन्दै मोर्चाले समाजवाद निर्माणको वातावरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्ने सङ्कल्प गरेको बताए । ‘कुनै पार्टीलाई घुर्क्याउन, तर्साउन होइन । ढुक्क हुनुस्, जो समाज आमूल परिवर्तनको पक्षमा छैनन् उनीहरू तर्सिन्छन् । अरू ढुक्कले सुते हुन्छ’, अध्यक्ष नेपालको भनाइ छ ।  नेपालले मोर्चा स्वार्थले नबनेको भन्दै  सिद्धान्तहीन र बिचारहीन पनि नभएको बताए ।

‘यसको प्रस्ट उद्देश्य छ । त्यो उद्देश्य प्रतिगमन र यथास्थितिकाविरुद्ध परिवर्तनका  लागि एकताबद्ध हुने, सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरुलाई हामी एकताबद्ध बनाएर लान चाहान्छौं’, नेपालले भने, ‘देशभक्त शक्तिलाई हातेमालो र एकताबद्ध गर्न चाहन्छौ । अध्यक्ष नेपालले लामो समयअघि नै मोर्चा निर्माण गर्ने सोच बनाए पनि निर्वाचन लगायतका कारणले ढिलो हुन पुगेको बताए । उनले विप्लवले आयोजना गरेको पार्टी स्थापनाबाट आफू प्रभावित भएको भन्दै त्यसपछि उनीसहितको शक्तिलाई एकै ठाउँमा गोलबन्द गर्ने प्रयास गरेको बताए । शब्द शब्दमा छलफल गरेर मात्रै मोर्चा गठन गर्न सकिएको भन्दै उनले हाल चार पार्टी मात्रै मोर्चामा भए पनि अन्य पार्टीहरूसँग पनि छलफल भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दयाहाङको ‘कार्साङ’ ले ६ दिनमा कति कमायो? सैफ अली खानको अपार्टमेन्टमा कसरी प्रवेश गरे आरोपित ? भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी