प्रचण्डले उपेन्द्र यादवलाई कमरेड भनेपछि…

Posted on: 19 Jun, 2023

असार ४, काठमाडौँ | समाजवादी मोर्चा घोषणा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बोधन गरिरहेका छन्।

मोर्चा घोषणा कार्यक्रममा सबैभन्दा अन्तिम वक्ताको रूपमा प्रचण्ड बोलेका हुन्।

सम्बोधनका क्रममा उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कमरेड भनेपछि   हलमा तालीको गडगडाहट गुञ्जिएको थियो।

उपेन्द्र यादवलाई कमरेड भनी सम्बोधन गरेपछि प्रचण्डले केही छिन रोकिएर उनको अनुहार हेरेका थिए। त्यसपछि कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले प्रचण्डको अभिव्यक्तिको स्वागत गर्दै ताली बजाएका थिए।

कार्यक्रममा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि यादवलाई कमरेड भनी सम्बोधन गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!