मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमालेको विरोध, १५ मिनेटका लागि सदन स्थगित

Posted on: 20 Jun, 2023

असार ५,काठमाडौँ | प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पर्यटन र सहरी विकास मन्त्रालयले प्रदेशको ठाउँमा अंक राखेर ल्याएपछि एमाले सांसदहरूले विरोध जनाएका छन् ।

सभामुखले रुलिङ गरेपनि एमाले सांसदहरूले अडान नछाडेपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । सदनमा केही दिनयता मन्त्रालयगत् बजेटमाथि छलफल भइरहेको छ ।

पर्यटन मन्त्रालयले कोशी प्रदेशलाई १ नम्बर र सहरीले लुम्बिनीलाई ५ नम्बर प्रदेश उल्लेख गर्दै विनियोजित बजेट विवरण पुस्तिका वितरण गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!