नागरिकता माग्दै गरिएको प्रदर्शनमा एक युवकले गरे आत्महत्या प्रयास

Posted on: 20 Jun, 2023

असार ५,काठमाडौँ | नागरिकता माग्दै आन्दोलनमा उत्रिएका एक युवाले आज माइतीघरमा आत्महत्या प्रयास गरेका छन् ।

माइतीघरमा प्रदर्शनका क्रममा बाराका ४० वर्षीय सरोज शाहले डोरीले घाँटि कस्दै आत्महत्याको प्रयास गरेका छन् । उनलाई प्रहरी र साथीहरूले रोक्दै उद्धार गरेका छन् ।

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको मुद्दाको पेसी पटकपटक स्थगित भएको भन्दै उनले न्यायको मागसहित आक्रोश व्यक्त गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!