१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रशिक्षक देसाई भन्छन्- विश्वकप छनोट प्रतियोगितामा प्रदर्शन गर्न नेपाली टिम भोकाएको छ

५ असार २०८०, मंगलवार ०९:२९

असार ५, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिम विश्वकप छनोट प्रतियोगितामा प्रदर्शन भोकाएको प्रतिक्रिया दिएका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग कुरा गर्दै उनले नेपाली टिमबारे भनेका छन्, 'उनीहरू सिक्न भोका छन्। उनीहरू यस स्तरमा प्रदर्शन गर्न भोका छन्। उनीहरूले यस स्तरमा धेरै सम्मान कमाउन सक्छन्। त्यसैले म उनीहरूका लागि उत्साहित छु।'

रोहित पौडेल कप्तान नियुक्त भएको केही समयमै राष्ट्रिय टिमको प्रशिक्षक बनेका देसाईले नेपालका कप्तान पौडेलको पनि प्रशंसा गरेका छन्। 

'उनी धेरै सिक्न चाहन्छन्। कसरी राम्रो ब्याटिङ गर्ने भनेर मात्र होइन, उनी टिम कप्तानको रूपमा परिस्थितिको चुनौती लिन चाहन्छन्। उनीसँग मेरो साझेदारी अहिलेसम्म राम्रो छ,' देसाई भने। 

उनले टिममा चोटबाट फर्किएर राम्रो प्रदर्शन गरिरहेका ललितनारायण राजवंशीको प्रदर्शनमा आफू खुसी रहेको बताए।  

साथै गुल्सन झाले आफूले 'म्याच विनर' को रूपमा प्रमाणित गरेको बताए। साथै भीम सार्कीको मेहनतको पनि उनले प्रशंसा गरेका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट