३ माघ २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बम वर्षक जहाजद्वारा ताइवान घेराउ !

५ असार २०८०, मंगलवार ११:३२

असार ५,काठमाडौँ | चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्कन चीनमै रहेको र राष्ट्रपति सी जिनफिङसँग भेट भएकै दिन ताइवानलाई बमवर्षक विमानले घेरेको अभ्यास चिनियाँ जनमुक्ति सेनाले गरेको हो । नियमित अभ्यासको क्रममा यस्तो घेराउ गरिएको चिनियाँ पक्षले उल्लेख गरेको छ ।

‘एच-सिक्स के’ नामक बमवर्षक विमानहरु उडाएर चीनले ताइवान घेरेको हो । दिउँसोभन्दा रात्रिकालीन घेराउ अभ्यास जटिल हुने भए पनि जनमुक्ति सेनाले त्यो अभ्यास गर्नैपर्ने ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार सन् २०२२ अगस्ट २ मा रात्रिकालीन समयमै अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेकी थिइन् । त्यही प्रसंग जोड्दै चिनियाँ अखबारले ताइवानको पृथकतावादी कार्यक्रम जतिसुकै बेला हुनसक्ने भन्दै त्यसकै लागि रात्रिकालीन अभ्यास अनिवार्य भएको उल्लेख गरेको छ ।

प्रविधि, व्यापार र ताइवान मुद्दामा चीन र अमेरिकी सरकारहरु पछिल्ला पाँच वर्षमा राम्रो सम्बन्धमा छैनन् । सैन्य सम्बन्धमा पनि सञ्चार हुन छोडेको छ । त्यही समस्यालाई केही हदसम्म भए पनि कम गर्न ब्लिन्कन चीन भ्रमण पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भुटानी शरणार्थी प्रकरण: बेचन झालाई छाड्न सर्वोच्चद्धारा अस्वीकार गाजामा युद्धविरामले खुशीयाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको डीएलएद्वारा निन्दा जय ट्रफी : साहब आलम बने प्लेयर अफ द टुर्नामेन्ट, अरु को-को पुरस्कृत ? कांग्रेस र एमालेबीच कुनै समस्या छैन् : सभापति देउवा शेफअलीमाथि छुरा प्रहार : कस्तो छ घाइते अभिनेता खानको अवस्था? अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक रविविरुद्ध रुपन्देहीमा पनि मुद्दा दर्ता हुँदै गायिका मेलिनाले गरिन् इन्गेजमेन्ट नेपाल पुलिस क्लबले जित्यो जय ट्रफीको उपाधि, सागरले लिए छ विकेट कसैले नछुटाएको भए आफू मारिने नै खतरा थियो :अधिवक्ता त्रिपाठी शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, घरमा काम गर्ने तीन कामदार पक्राउ २८ लाखको बीमा हत्याउन प्रेमीसँग मिलेर श्रीमतिद्वारा श्रीमानको हत्या आशिका तामाङ थप पाँच दिन हिरासतमा रहने रविलक्षित बास्कोटाको कटाक्ष: बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला? आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? सैफ अली खानमाथि चक्कु प्रहार नेपालमा जुनसुकै बेला महाभूकम्प जानसक्छ : वरिष्ठ भूकम्पविद् अधिकारी चलचित्र ‘कार्साङ’ले गर्यो ६ दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन आज चारवटा संसदीय समितिको बैठक बस्दै