१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रचण्डले समाजवादी मोर्चामा सामेल नगराएपछि बाबुरामको प्रश्न- विचार कसैले मार्न खोज्दैमा मर्छ र ?

६ असार २०८०, बुधबार ०६:२०

असार ६, काठमाडौँ | नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चाको अवधारणा आफ्नो भएको दाबी गरेका छन्।

बाबुरामलाई छुटाएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चार दलको मोर्चा घोषणा भएपछि उनले यस्तो दाबी गरेका हुन्।

उनले ट्विटरमा लेखेका छन्, ‘पहिलो, नयाँ शक्ति स्थापना हुँदा निर्वाचन चिन्ह नै नदिनु ! दोस्रो, अरूलाई २० प्रतिशत मात्र केन्द्रीय सदस्य र सांसद भए पनि पार्टीको मान्यता दिलाउनु तर हामीसँग ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य र सांसद हुँदा ऐन नै मुर्छा पारेर पार्टीको मान्यता नदिनु !’

प्रचण्डलाई लक्षित गर्दै यो मोर्चा आकस्मिकतामा घोषणा भएको हो ? भन्दै प्रश्न गरे। उनले विचार मार्न खोजेर नमर्ने तर्क गरे।

उनले भनेका छन्, ‘तेस्रो, दुई वर्ष अघिदेखि समाजवादी केन्द्र÷मोर्चाको अवधारणा ल्याउने हामीलाई जानकारीसम्म नदिई मोर्चा घोषणा गर्नु ! के यो सबै आकस्मिकता हो ? कृष्णलाई देवकीकै गर्भमा हुँदादेखि सिध्याउन खोज्दा कृष्ण सिद्धिए ? विचार कसैले मार्न खोज्दैमा मर्छ र ?’

माओवादी, जसपा, नेकपा एस र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित चार दलबीच मोर्चा घोषणा हुँदा बाबुरामलाई अन्तिम समयमा छुटाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट