१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रेम सुवालको टिप्पणी- भारतले नेपाललाई मित्रघात गरेर पछाडिबाट छुरा हान्दैछ

६ असार २०८०, बुधबार ०८:११

असार ६, काठमाडौँ | नेमकिपाका सांसद प्रेम सुवालले प्रधानन्यायाधीश र न्यायाधीशमा शासक दलका कार्यकर्तालाई नियुक्ति नगर्ने प्रतिबद्धता बजेटमा आउनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोक्दै उनले सम्बन्धित क्षेत्रबाट निर्वाचन गराइ नियुक्ति गर्ने व्यवस्था गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘सर्वोच्च अदालतमा भएको ३० हजार ६२१ मुद्दा पाँच वर्षभित्र फैसला नगर्ने न्यायाधीशलाई तत्काल हटाउने भनेर कानून मन्त्रालयले प्रतिबद्धता ल्याउनुपर्छ । बजेटमा नयाँ कुरा आउनुपर्छ, निरन्तरताको अर्थ छैन ।’

उनले अहिले भारतले नेपाललाई पनि मित्रघात गर्दै पछाडिबाट छुरा हानिरहेको टिप्पणी गरे ।

सांसद सुवालले भने, ‘प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमा ३ प्रतिशत र प्रदेशसभामा १.५ प्रतिशत मत प्राप्त नगरेकालाई राष्ट्रिय मान्यता नहुने ? प्रजातन्त्रको लागि लड्दा फोन गरेर सात दलमा चार दलमा आउनुपर्‍यो सडकमा भन्ने । अहिले सिंहदरबार कब्जा गर्ने बेलामा तपाईंहरुको तीन प्रतिशत मत छैन के काम ? यो हो मित्रलाई घात गर्ने ? अहिले भारतले नेपाललाई त्यही गरेको हो पछाडिबाट छुरा हान्ने । सरकारमा जाने पार्टीहरुले पनि त्यही गर्दैछ । मित्रघात गर्नेहरु राम्रोसँग मर्न पनि सक्दैनन् । विचार गर्नुहोला ।’

कानूनी शासनको लागि समाजवादी मोर्चा पनि आएको व्यंग्य गर्दै उनले कानूनमन्त्रीज्यूलाई सहयोग गर्ने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट