१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कुवेतविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक

६ असार २०८०, बुधबार ०९:११

असार ६, काठमाडौँ | साफ च्याम्पियनसिपको पहिलो खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको सुरुआती–११ सार्वजनिक गरिएको छ । 

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले कुवेतविरुद्धको खेलका लागि किरण चेम्जोङको कप्तानीमा पहिलो रोजाइ सार्वजनिक गरेका हुन् ।

नेपालले च्याम्पियनसिपको पहिलो खेलमा आमन्त्रित टिमका रूपमा सहभागिता जनाउन लागेको कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दै छ । भारतको बेंगलुरुस्थित श्री कान्तिरेभा रंगशालामा हुने खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

च्याम्पियनसिपमा योपटक दुई आमन्त्रितसहित आठ टिमले प्रतिस्पर्धा गर्दै छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ ।

सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपाली टिम

किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिस श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विमल पाण्डे, एरिक विष्ट, पुजन उपरकोटी, लाकेन लिम्बू, अन्जन विष्ट, नवयुग श्रेष्ठ र मनीष डाँगी ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट