१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीले भने- अहंकार पसेपछि कोही पनि मान्छे बन्न सक्दैन

६ असार २०८०, बुधबार १०:५४

असार ६, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजको अहिलेको सबैभन्दा ठूलो समस्या अराजकता भएको बताएका छन् ।

नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा अराजकता, अनुशासनहीनता, जिम्मेवारीबोधको कमी बढेको बताए ।

उनले भने, ‘मैले भन्ने गरेको छु, दिमागमा अहंकार पसेपछि त्योभित्र पसेपछि ढोका लगाउँछ । चुकुल लगाउँछ । साँचो पनि लगाउँछ । केही ज्ञान, गुण, आचारण, सीप केही पनि प्रवेश गर्न पाउँदैन घमण्डले । अरु चिज प्रवेश नै गर्न पाउँदैन । घमण्डमात्रै हुन्छ दिमागमा । घमण्डी दिमागले केही सोच्नै सक्दैन । नाम नै अहंकार । मान्छे बन्नै सक्दैन । त्यसले मान्छेलाई दुष्टात्मा बनाउँछ ।’

अध्यक्ष ओलीले जीवनको लागि योग गर्नुपर्ने बताए ।

अघिल्लो दिन टिल्ल भएर भोलिपल्ट बिहान योग गर्नुको अर्थ नहुने बताउँदै उनले भने, ‘अघिल्लो दिनको ह्याङ्ले टाउको दुःखेको हुन्छ । टिल्ल भएको भोलिपल्ट योग गर्नुको अर्थ हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट