२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विशाल लक्ष्य पछ्याएको नेपालको खराब शुरूआत, दोस्रो विकेट गुम्यो

२०८०, ७ असार बिहीबार ११:४९

असार ७, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्ध ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले सस्तैमा २ विकेट गुमाएको छ ।

४ ओभर २ बलमा २३ रनको स्थितिमा नेपालले २ विकेट गुमाएको हो । कुशल भुर्तेल ५ र भीम सार्की २ रन जोडेर आउट भए ।

हरारे स्पोर्ट्स क्लब जिम्बाब्वेमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको क्षतिमा ३३९ रन जोडेको थियो ।

बलिङमा आक्रामक शुरूआत गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल लक्ष्य पाएको हो ।

५३ रनमा ३ विकेट गुमाएको वेस्ट इन्डिजलाई शाइ होप र निकोलश पुरनले शतकीय योगदान गर्दै विशाल स्कोरमा पुर्‍याएका थिए ।

कप्तान होप १३२ र पूरन ११५ रन बनाएर आउट भए ।

नेपालका लागि ललित राजवंशीले ३ तथा  करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

प्रतियोगितामा नेपालले तेस्रो खेल खेलिरहेको हो । वेस्टइन्डिजले भने यसअगाडि एक खेल मात्र खेलेको  छ।

नेपाल एक हार र एक जीतसहित समूहको तेस्रो र एक जीतसहित वेस्टइन्डिज दोस्रो स्थानमा छन् ।

नेपाल र वेस्टइन्डिज पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु