१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टिकटकमा एकसाथ देखिए पूजा र समीक्षा

७ असार २०८०, बिहीबार १२:४४

असार ७, काठमाडौं । पल शाह बलात्कार आरोपमा पक्राउ पर्दा उनको बचाउमा सबैभन्दा बढी मुखर भएकी सेलिब्रिटी हुन् पूजा शर्मा । उनले पललाई समर्थन गर्दा तीव्र आलोचनाको शिकारसमेत हुनुपर्यो ।

तर, पल अदालतबाट सफाइ पाएर जेलमुक्त भएपछि भने पूजा उनीबाट आश्चर्यजनकरुपमा टाढिएकी छन् । उनीहरुको पुरानो दोस्ती टुटेको छ ।

केही दिनअघि पल र पूजाको एउटा अवार्ड समारोहमा जम्काभेट भएको थियो । त्यहाँ उनीहरुको हाउभाउले सम्वन्धको चिसोपनाको सन्देश दिएको थियो । यद्यपि, दुवैजनाले यसबारे केही बोलेका छैनन् ।

पलसँग टाढिएकी पूजा पछिल्ला दिनमा गायिका समिक्षा अधिकारीसँग सामिप्यता बढाउन थालेकी छन् । उनले केही दिनअघि समिक्षाले गाएको एउटा गीतमा टिकटक भिडियो बनाएर पोस्ट गरेकी थिइन् । अहिले पूजा र समिक्षाले दुईवटा टिकटक भिडियो सँगै बनाएका छन् । दुवैले आफ्नो टिकटकमा यसलाई सेयरसमेत गरेका छन् ।

हालै सार्वजनिक भएको गीतमा पुजाको अभिनय र समिक्षाको स्वर रहेको छ । एउटै प्रोजेक्ट भएपछि मिलेर टिकटक बनाउनु र आफ्नो गीतको प्रोमोसन गर्नु स्वभाविक हो ।

तर पूजा र समिक्षाले हकमा भने यो केही फरक रह्यो । एकसाथ टिकटक बनाएपछि अहिले कमेन्ट्समा पूजामाथि विभिन्न टिकाटिप्पणी सुरु भएको छ ।

समीक्षाले आफ्नो टिकटक अकाउन्टमा हालेको पूजासँगको भिडियोमा धेरैले पूजाको आलोचना गरेका छन् । उनलाई धेरैले नाटक गरेको, स्वार्थी, अवसरवादी, आदि लगायतका कमेन्ट्सहरु गरिरहेका छन् ।

यसअघि पलको खुलेर समर्थन गर्ने पूजा अहिले किन र कसरी समिक्षासँग नजिकिईन भन्ने धेरैको प्रश्न छ । समीक्षालाई भने दर्शकले सकारात्मक र समानुभूतिपूर्ण प्रतिक्रिया दिईरहेका छन् । पूजाले भने आफ्नो टिकटक अकाउन्टमा हालेको समीक्षासँगको भिडियोको कमेन्ट्स अफ गरेकी छन् ।

स्मरणीय छ कि पल जेल पर्दा पूजाले उनको पक्षमा बोल्न केही बाँकी राखेकी थिइनन् । उनले ‘लुगा नच्यातिकन पनि बलात्कार हुन्छ र?’ भन्नेजस्ता हचुवा अभिव्यक्तिहरु दिएकी थिइन् ।

यता समीक्षा एक वर्ष मानसिक यातनाको सिकार भईरहँदा पूजा निरन्तर पलको पक्षमा उभिइरहिन् । अहिले एकाएक उनी पलबाट टाढिएर समिक्षासँग नजिकिनुको कारण खुलेको छैन । तर, पलले जेलबाट निस्किएर आफ्नै काममा फोकस्ड भएपछि पूजालाई भाउ दिन छोडेका छन् । त्यसले उनको दिल दुखेको निकटस्थको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट