२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विदेशबाट ल्याइएको मोबाइल दर्ताको समय असार मसान्तसम्म थपियो, राजश्व बुझाउने यस्तो छ प्रक्रिया

२०८०, ८ असार शुक्रबार ०६:१७

असार ८, काठमाडौँ | सरकारले जेठ १५ गतेसम्म बाहिरबाट ल्याइएका मोबाइललाई एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणालीमा दर्ता हुन असार मसान्तसम्मको समय दिएको छ । अर्थमन्त्रालय मातहतको भन्सार विभागले एक सूचना जारी गर्दै विभिन्न कारण एमडीएमएसमा दर्ता हुन बाँकी मोबाइल फोनका लागि समय थप गरिएको हो ।

त्यस्ता मोबाइल फोनको दर्ताका लागि अनलाइनमाध्यमबाट राजस्व बुझाउन सकिने छ । त्यसमा लागि दूरसञ्चार प्राधिकरणको वेभसाइटमा गएर विवरण भरी तोकिएको राजस्व बुझाउन सकिने भन्सार विभागले जनाएको छ ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडीएमएस प्रणाली लागू गरिएको हो । सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनहरू जुन सरकारी मान्यता प्राप्त वितरकहरूले बजार पुर्‍याउँछन् भने त्यसलाई वैध तरिका भनिन्छ ।

चोरीपैठारी गरी, लुकाएर, भन्सार छलेर ल्याइएका फोनलाई अवैध भनिन्छ । विदेशबाट फर्केका नेपालीले साथमा ल्याएको मोबाइल सेट आफैँ अनलाइनमार्फत एमडीएमएसमा दर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु