विदेशबाट ल्याइएको मोबाइल दर्ताको समय असार मसान्तसम्म थपियो, राजश्व बुझाउने यस्तो छ प्रक्रिया

Posted on: 23 Jun, 2023

असार ८, काठमाडौँ | सरकारले जेठ १५ गतेसम्म बाहिरबाट ल्याइएका मोबाइललाई एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) प्रणालीमा दर्ता हुन असार मसान्तसम्मको समय दिएको छ । अर्थमन्त्रालय मातहतको भन्सार विभागले एक सूचना जारी गर्दै विभिन्न कारण एमडीएमएसमा दर्ता हुन बाँकी मोबाइल फोनका लागि समय थप गरिएको हो ।

त्यस्ता मोबाइल फोनको दर्ताका लागि अनलाइनमाध्यमबाट राजस्व बुझाउन सकिने छ । त्यसमा लागि दूरसञ्चार प्राधिकरणको वेभसाइटमा गएर विवरण भरी तोकिएको राजस्व बुझाउन सकिने भन्सार विभागले जनाएको छ ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडीएमएस प्रणाली लागू गरिएको हो । सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनहरू जुन सरकारी मान्यता प्राप्त वितरकहरूले बजार पुर्‍याउँछन् भने त्यसलाई वैध तरिका भनिन्छ ।

चोरीपैठारी गरी, लुकाएर, भन्सार छलेर ल्याइएका फोनलाई अवैध भनिन्छ । विदेशबाट फर्केका नेपालीले साथमा ल्याएको मोबाइल सेट आफैँ अनलाइनमार्फत एमडीएमएसमा दर्ता गर्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!