२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अमेरिकी बलर फिलिप्सलाई आईसीसीले लगायो प्रतिबन्ध

२०८०, ८ असार शुक्रबार ०७:४७

असार ८, काठमाडौँ | अमेरिकी खेलाडी केल फिलिप्सले अवैध बलिङ एक्सन प्रयोग गरेको आईसीसीको इभेन्ट प्यानलले पुष्टि गरेको छ । तत्कालका लागि उनलाई अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्ध लगाइएको छ ।

गएको आइतबार आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत वेष्ट इण्डिजविरुद्धको खेलपछि म्याच अफिसियलले २६ वर्षीय यी खेलाडीको बलिङ एक्सनमा सन्देह व्यक्त गर्दै प्यानलमा रिपोर्ट गरेका थिए ।


इभेन्ट प्यानलले फिलिप्सको बलिङ एक्सनको भिडियो फुजेटको विश्लेषण गरी अबैध बलिङ एक्सन भएको ठहर गरेको हो ।

उनलाई आईसीसी नियमको धारा ६.७ अनुसार तत्कालका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बन गरिएको आईसीसीले जानकारी दिएको छ ।

आइतबार म्याच अफिसियलले रिपोर्ट गरे पनि फिलिपले मंगलबार भएको नेपालविरुद्धको खेलमा पनि बलिङ गरेका थिए । उनले नेपालविरुद्ध ७ ओभरमा ४९ रन खर्चेका थिए ।

विश्वकप छनोटमा नेपाल, अमेरिका र वेष्ट इण्डिजसहित घरेलु टोली जिम्बाव्वे र नेदरल्याण्ड्स समूह ए मा छन् । अमेरिकाले समूहको आफ्नो अन्तिम खेल सोमबार घरेलु टोली जिम्बाव्वेसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु