सांसद सिंहको प्रश्न : निजगढ विमानस्थल भैंसी चराउन बनाउने ?

Posted on: 23 Jun, 2023

असार ८, काठमाडौँ | प्रतिनिधिसभाका सांसद डा.अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक नभएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलका भाग लिँदै उनले निजगढ विमानस्थल बनाउने कुराप्रति आपत्ति जनाए ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको सांसद सिंहको तर्क छ । 

‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ । किनकि निजगढ एयरपोर्ट यता दुईवटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैन । अर्को निजगढ एयरपोर्टको आवश्यक्ता के ? खाली फाष्ट ट्रयाक जोड्नका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन’, सांसद सिंहले भने, ‘त्यसकारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने । तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने । के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने ? मधेशमा भैंसी धेरै पाउँछ ।’

सांसद सिंहले हवाई उडानको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई सचेत समेत गराए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!