२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रविको चियापान निम्तामा किन गएनन् बालेन ?

२०८०, ८ असार शुक्रबार १०:३९

असार ८, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा बिहीबार आयोजना गरेको चियापानमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह 'बालेन' लाई पनि बोलाएको थियो । तर, चियापानमा उनी गएनन् ।

‘बालेनज्यूलाई पनि बोलाएका थियौँ । पत्र नै पठाएका थियौँ । तर, आउनु भएन,’ रास्वपाका एक सदस्यले भने । 

चियापान समारोहअघि रास्वपाका सभापति रवि लामिछानेले पत्रकारहरूसँग कुराकानी गर्दै बालेन र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको प्रशंसा गरिरहेका थिए । उनले बालेन र साम्पाङलाई पार्टीमा जोड्ने चाहना भएको बताएका थिए ।

‘हर्क र बालेनलाई जोड्ने चाहना छ । सम्बन्ध पनि सौहार्दपूर्ण छ । कामको प्रशंसा गरेकै छु । चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु । एक सय प्रतिशत सकारात्मक छौँ,’ सभापति लामिछानेले भनेका थिए । त्यसपछि सुरु भएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल र बाबुराम भट्टराई, मन्त्री, नेता, सांसद, कलाकार, बुद्धिजीवीलगायतका व्यक्तिहरू रास्वपाको पार्टी कार्यालय बालाजु पुगे ।

तर, मेयर बालेन चियापानमा गएनन् । मेयर बालेन नआएपछि असन्तुष्ट रहेको हो कि भन्ने आशंका रास्वपाका नेताहरूले गर्न थालेका छन् । ‘काठमाडौंमै भएर पनि आउनु भएन । केही कुराले असन्तुष्ट भएर हो कि,’ रास्वपाका एक सदस्यले भने । तर, मेयर बालेनको सचिवालयले भने नगरसभा र बजेटको तयारीमा रहेका कारण चियापानमा जान नसकेको बताएको छ ।

‘१० असारमा बजेट ल्याउनुपर्ने छ । नीति तथा कार्यक्रम, नगरसभा चलिरहेकाले व्यस्त भएर नजानु भएको हो,’ बालेनको सचिवालय सल्लाहकार सस्मित पोखरेलले भने । रास्वपासँग असन्तुष्ट भएर नगएको भन्नेमा सत्यता नरहेको उनले बताए । रास्वपाले काठमाडौं महानगरसहित काठमाडौंका अन्य नगर प्रमुखहरूलाई पनि बोलाएको थियो । तर, उनीहरू पनि चियापानमा नआएको रास्वपाका नेताहरू बताउँछन् । 

कांग्रेसका शीर्ष र चर्चित नेताहरू पनि रास्वपाको चियापानमा पुगेनन् । कांग्रेस उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङ भने चियापानमा पुगेका थिए । सभापति शेरबहादुर देउवा देश बाहिर छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेता चियापानमा आउने आशामा रास्वपाका नेताहरू थिए ।

‘कांग्रेसको चर्चामा रहेका नेतहरू देखिएनन्,’ रास्वपाका एक नेताले भने । जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि रास्वपाले निम्ता दिएको थियो । तर, जसपाका कुनै पनि नेता चियापानमा पुगेनन् । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भने चियापानमा गएका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि चियापानमा पुगेका थिए । रास्वपाले पार्टी घोषणा गरेको एक वर्ष पुगेको अवसरमा नयाँ पार्टी कार्यालय बालाजुमा चियापान कार्यक्रम राखेको थियो । 

रास्वपाले प्रेससँगको बिग्रिँदो सम्बन्धलाई पनि सुधार गर्न खोजेको देखिन्थ्यो । चियापानअघि सभापति लामिछानेले भनेका थिए, ‘तपाईं हाम्रो सम्बन्ध ‘लव एन्ड हेट रिलेसन’ भनेजस्तै चलिरहन्छ । तपाईंहरूलाई थाहा भएकै, चिनेकै मान्छे हो । जानेर/नजानेर गल्ती भएमा क्षमा गरिदिनुहोला । आज ‘ह्याप्पी डे’ भनेका छौँ ।’ तर, अधिकांश सञ्चारगृहलाई रास्वपाले बोलाएको थिएन । ‘सम्पादकहरूलाई बोलाउने निर्णय गरिएको थियो । तर, तयारी ढिला भएका कारण कतिपय ठाउँमा पुर्‍याउन सकिएन,’ रास्वपाका एक पदाधिकारीले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु