१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वकप छनोट यात्रा टुंगिएपछि क्रिकेट टिमलाई ओलीको सान्त्वना– एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ’

१० असार २०८०, आईतवार ०६:०४

असार १०, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आईसीसी विश्वकप छनोटबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई सान्त्वना दिएका छन्। 

एउटा असफलता यात्राको अन्त्य नभएको बताउँदै ओलीले यात्रा जारी रहेको बताएका छन्। 

नेपाली राष्ट्रिय क्रिकेट टिम शनिबार नेदरल्याण्डस्‌सँग ७ विकेटले पराजित भएपछि विश्वकप छनोटबाट बाहिरिएको थियो। समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डस्‌विरुद्ध राम्रो प्रदर्शन गर्न नसकेको नेपाली टिमलाई ओलीले ‘यात्रा’ जारी राख्नुपर्ने सुझाव दिएका छन्। 

‘आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ।  मेहनत जननी हो भने परिणाम शीशु’, अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन।’

जित हुन नसके पनि नेपाली टिमको मेहनत कमजोर नभएको बताउँदै अध्यक्ष ओलीले त्यसका लागि नेपाली क्रिकेट टोलीलाई धन्यवादसमेत दिएका छन्। 

‘परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन’, ओलीले भनेका छन्, ‘मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम।’

उनले नेपाल फर्केपछि सँगै बसेर खाना खान नेपाली क्रिकेट टोलीका सदस्यलाई प्रस्ताव पनि गरेका छन्।  

‘नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेटौँला’, उनले हौसला दिँदै भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह