गृहमन्त्री श्रेष्ठ बोलिरहेका बेला सांसदले पत्रिका पढेपछि...

Posted on: 25 Jun, 2023

असार १०, काठमाडौँ | सभामुख देवराज घिमिरेले सांसदहरूलाई पत्रिका नपढ्न रूलिङ गरेका छन्।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभा बैठकमा जवाफ दिइरहेका बेला सांसद्हरूले पत्रिका पढ्न थालेपछि रूलिङ गरेका हुन्।

सभामुख घिमिरेले गृहमन्त्री श्रेष्ठलाई बोल्न रोकेरै रूलिङ गरे। गृहमन्त्री बोलिरहेका बेला कांग्रेस नेता  सांसाद शशांक कोइरालाले पत्रिका पढेका थिए।

‘माननीय सदस्यहरूलाई म प्रतिनिधि सभा नियमावली २०७९ नियम २० को खण्ड ञको व्यवस्थाप्रति ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘बैठकमा पत्रिका पढ्ने काम नगर्न हुन अनुरोध गर्छु।’

प्रतिनिधि सभा बैठकमा मन्त्री श्रेष्ठले जवाफ दिइरहेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!