२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रेम आलेलाई सुदन किराँतीको जवाफ- जहाज खरिद मेरो निजी स्वार्थको विषय होइन

२०८०, ११ असार सोमबार ०९:०७

असार ११, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले जहाज खरिदमा आफ्नो निजी स्वार्थको लागि नभएको बताएका छन् ।

प्रतिनिधि सभामा बजेटमाथि मन्त्रालयगत छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका छन् । पूर्वपर्यटनमन्त्री प्रेम आलेले मन्त्री किराँतीले व्यक्तिगत स्वार्थको लागि कमिसन खाएर जहाज किन्न लागेको आरोप लगाएका थिए ।

त्यसतर्फलक्षित गर्दै उनले भने, ‘नेपाल वायुसेवा निगमले तीनवटा जहाज खरिदको तयारी गरेको छ । जहाज खरिद मेरो निजी स्वार्थको विषय हुँदै होइन । राष्ट्रिय आवश्यकता हो । कुन प्रक्रियाबाट खरिद गर्ने त्यो निगमको विज्ञ र पदाधिकारीले निर्धारण गर्ने कुरा हो । आवश्यकता परे सरकारले सहजिकरण मात्रै गर्छ ।’

उनले पारदर्शी ढंगबाट जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताए ।

त्यस्तै, उनले गोठाटारमा भएको जग्गा अनियमिता छानविनको लागि समिति गठन गरिसकेको बताए ।

‘अघिल्लो सरकारको प्रतिवेदनको आधारमा पशुपति विकास कोषको मार्फतमा गोठाटार क्षेत्रमा रहेको ५३५ रोपनी जग्गामध्ये रहेपनि लालपुर्जामा चाहिँ ५०४ रोपनी मात्रै देखिएको छ’, उनले भने, ‘त्यसलाई पशुपति क्षेत्र विकास कोषको नाममा ल्याउने र हराएको ३१ रोपनी जग्गाको एकसाथ खोजी गर्ने भनेर हामीले समिति गठन गरिसकेका छौं । यो जग्गा अतिक्रमण तिव्र भइरहेको छ । यो पशुपतिको मात्रै होइन देशको जग्गा हो । हाम्रो देशको जग्गा अतिक्रमण हुँदा हामी टुलुटुलु हेरेर बस्न सक्दैनौं । त्यसबारे दूधको दूध पानीको पानी सत्यतथ्य बाहिर ल्याउँछौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु