१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हरेक शनिबार हिमालय एयरलाइन्सको काठमाडौं–बेइजिङ उडान

११ असार २०८०, सोमबार ०९:१९

असार ११, काठमाडौँ | हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ नियमित उडान सुरू गरेको छ। 

एयरलाइन्सले कोभिडले रोकिएको यो रूटको उडान गत शनिबारबाट नियमित थालेको जनाएको छ। यससँगै अब हरेक शनिबार एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान गर्नेछ।

चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका थिए।

हिमालय एयरलाइन्सले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ र काठमाडौं–बेइजिङ–काठमाडौं रुटद्वारा एयरलाइन्सले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

'काठमाडौं र बेइजिङबीचको निर्धारित उडान सुरू गर्न पाउँदा हामी हर्षित छौं। यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारीपछि यस रुटमा उडानहरू पुनः सुरू हुनु महत्वपूर्ण छ,' एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने।

यो उडान सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने एयरलाइन्सले बताएको छ।

यात्रुहरूले हिमालय एयरलाइन्सको टिकटिङ काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर