२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललिता निवास प्रकरणमा संलग्न पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न सांसद सुवालको माग

२०८०, १३ असार बुधबार ०६:०१

असार १३, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बालुवाटरको सरकारी जग्गा हिनामिनाको अरोप लागेका पूर्व प्रधानमन्त्रीलाई संसदमै स्पष्टीकरण सोध्न माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सुवालले गिरोहले २०४९ सालदेखि २०६६ सालसम्म सरकारी जग्गा ब्यक्तिको जग्गा बनाई बिक्री वितरण गर्ने काममा सरकारका पूर्व प्रधानमन्त्री मन्त्रीसमेतको सहभागिता भएको बताए । उनले सो प्रकरणमा संलग्न पूर्व प्रधानमन्त्रीहरुलाई संसदमै स्पष्ट गर्न लगाउन जरुरी रहेको बताए । अन्य मन्त्री र पूर्व पदाधिकारीहरुलाई सार्वजनिक लेखा समितिले समेत ध्यानाकर्षण गराउनुपर्ने बताए । 

उनले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा १४३ रोपनी ६ आना १३ अर्ब ७६ करोड रुपैयाँ बराबरको हिनामिनामा केही पूर्व अधिकारीहरु पक्राउ परेको बताउँदै २०७८ पुष ६ गते जग्गा हिनामिनाका आरोपी २२० जना विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएकोमा सरकारी वकिल कार्यालयले ४ दिनपछि अनुसन्धान नटुङ्गिएको भन्दै फिर्ता पठाएको पनि कुरा संसदमा सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा