१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आर्थिक सूचकहरू सकारात्मक दिशातिर अघि बढ्दै छन् : प्रधानमन्त्री प्रचण्ड

१३ असार २०८०, बुधबार ०७:१७

असार १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय आर्थिक सूचकहरू सकारात्मक दिशातिर अघि बढ्दै गएको बताएका छन् । संसदमा जवाफ दिँदै प्रचण्डले आफूले सरकारको नेतृत्व गरेपछि अर्थतन्त्र जागेको दाबी गरे । 

आर्थिक सूचक सकारात्मक हुनु सरकारको उपलब्धि भन्दा पनि राष्ट्रकै उपलब्धिको भएको प्रचण्डले बताए । ‘अहिले सबै जसो आर्थिक सूचकहरू सकारात्मक दिशातिर अगाडि बढ्दै छन् । पछिल्लो ६ महिना कुल विदेशी विनिमय सञ्चिति २० दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।  अब वस्तु तथा सेवा धान्न सक्ने अवस्थामा पुगेका छौं’ प्रचण्डले भने, ‘कुल व्यापार घाटामा १५ दशमलव २ प्रतिशतले कमी आएको छ । विप्रेषण उल्लेख्य मात्रामा वृद्धि भएको छ । गत वर्षको यसै अवधिमा पर्यटक सङ्ख्या दोब्बर बढेको छ । बैङ्कको ब्याजदर क्रमशः घट्दै गएको छ ।’ वित्तीय क्षेत्रको लगानीको वातावरणको सम्बन्धमा सकारात्मक सुधार आएको प्रचण्डले दाबी गरे । 

राजस्व चुहावट नियन्त्रण भएपछि राजश्व सङ्कलनमा क्रमशः सुधार आउँदै गएको बताए । विद्युत् प्राधिकरण र नेपाल आयल निगम, नेपाल वायु सेवा निगम नाफामा गएको प्रचण्डले उल्लेख गरे । ‘संसारभर कूटनीतिक तथा आर्थिक नियोगहरूलाई वैदेशिक लगानीका लागि परिचालन गरिएको छ । ठुला लगानी कर्तासँग प्रधानमन्त्री तहमा अग्रसरता लिएको छु त्यसबाट सकारात्मक सङ्केत देखिएको छ’ प्रचण्डले भने, ‘उद्योगको क्षेत्रमा २७४ परियोजना मार्फत ३५ अर्ब लगानी र १५ हजार रोजगारी सुनिश्चित भएको छ । विभिन्न ६ जलविद्युत आयोजनाका लागि १ खर्ब ६७ अर्ब  लगानी सुनिश्चित भएको छ ।’ अर्थतन्त्रको सुधारले आमजनतामा आशा जगाएको प्रचण्डले बताए ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गर्ने सरकारको तयारी रहेको पनि बताए । आयोगलाई सरकारको विशिष्टीकृत संस्थाको रूपमा विकास र यसको भूमिका थप सशक्त र प्रभावकारी बनाउन आवश्यक सुधार एवम् पुनर्संरचना गरिने उनले बताए । 

‘राष्ट्रिय योजना आयोगलाई सरकारको विशिष्टीकृत संस्थाको रूपमा विकास गर्दे यसको भूमिकामा थप प्रभावकारी बनाउन पुनर्संरचना गर्ने तयारी रहेको म जानकारी गराउन चाहन्छु’ प्रधानमन्त्री प्रचण्डले संसद्मा भने । 

उसो त सरकारले आर्थिक वर्ष २०८०-८१ को बजेटमार्फत नीति तथा कार्यक्रममा समेत राष्ट्रिय योजना आयोगलाई पुनर्संरचना गरिने उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर