१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपालमा छिट्टै विकासको तुफान आउन सक्छ : प्रधानमन्त्री प्रचण्ड

१३ असार २०८०, बुधबार ०८:१४

असार १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै विकासको तुफान आउन सक्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले विकासको तुफान नै आएजसरी आफ्नो कामको विवरण प्रस्तुत गरेको बताएपछि सो को जवाफमा प्रचण्डले भने– ‘मैले विकासको तुफान आइसकेको भनेको छैन, मैले हामी सबैले दृढ इच्छाशक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असंभव छैन भन्न खोज्न हो ।

मैले निराशा र कुण्ठा हैन, अविश्वास र आशंका हैन, विश्वास र दृढताको निम्ति अपिल गरेको हो । तुफान आइसकेको छैन, तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी १० हजार मेगावाट १० बर्षमा । या अरु थुप्रै कामरु जसरी सुरु भएका छन्, ती अगाडि जाने हो भने तुफान आउनचाँही सक्छ छिट्टै ।’

यस्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोगलाई प्रभावकारी बनाउँन राजनीतिक तहमा र सरकारमा पनि नयाँ तरिकाले छलफल थालेको बताए । सांसद रघुजी पन्तको प्रश्नमा प्रधानमन्त्री कार्यालय, सचिवालय लगायतको कामबाट सन्तुष्ट नभएको र केही गर्न चाहेको बताए । यस्तै इपिजी प्रतिवेदनको बारेमा आफ्नो तवरबाट छलफल चलाएको बताए । वैदेशिक रोजगारीको विषयमा धेरै ठगी भएको र ठोस रुपमा जानकारी गराए सरकार काम गर्न तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर