२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई रविको जवाफ- अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभई परिवर्तन हुन्छ भन्ने देखेका छन्

२०८०, १३ असार बुधबार ०८:४८

असार १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभइकन परिवर्तन हुन सक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले सामाजिक सञ्जाल र युवा पुस्ताप्रति आक्रोशित हुँदै हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर चौतर्फी अविश्वास खडा गर्न खोजेको आरोप लगाएपछि लामिछानेले त्यसको जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्रीले भनेका थिए, मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन । बिहान एक गाग्री पानीका लागि तीन घण्टा खोला धाउनुपरेन । विद्यालय पुग्न तीन चार घण्टा पैदल हिँड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन । सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन ।

रविले प्रधानमन्त्रीले भनेको कुरामा विमति र विरोध नगरेको बताए ।

प्रधानमन्त्रीलाई जवाफ फर्काउँदै सभापति लामिछानेले भने, प्रधानमन्त्रीज्यूले उपलब्धिहरू बताइरहँदा त्यसले भर्खरै नेपालका अस्पतालहरूमा, शौक्षिक संस्थाहरूमा आम नागरिकहरूले के पाइरहेका होलान् त्यसमा पनि ध्यान दिन अनुरोध गर्न चाहन्छु । यो पुस्ताले के देखेन भन्नुभयो । त्यसमा मेरो साथ र समर्थन नै छ । तर, यो पुस्ताले के देख्यो भने देशका संरचनाहरू ननासिकन, हत्याहिंसा, अंगभंग नभइकन, मानिसहरु नहराइकन, शान्तिपूर्ण ढंगले परिवर्तन हुने कुरा पनि देख्यो भन्ने कुरा थपिदिन आग्रह गर्छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ