१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्रीलाई रविको जवाफ- अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभई परिवर्तन हुन्छ भन्ने देखेका छन्

१३ असार २०८०, बुधबार ०८:४८

असार १३, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको पुस्ताले हत्याहिंसा, अंगभंग नभइकन परिवर्तन हुन सक्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलले सामाजिक सञ्जाल र युवा पुस्ताप्रति आक्रोशित हुँदै हिजो देशमा दूधकै नदी बहन्थ्यो झैँ गरेर चौतर्फी अविश्वास खडा गर्न खोजेको आरोप लगाएपछि लामिछानेले त्यसको जवाफ फर्काएका हुन् ।

प्रधानमन्त्रीले भनेका थिए, मतदाताका रूपमा देशमा एउटा नयाँ पुस्ता तयार भइसकेको छ, जसलाई युद्ध देख्नुपरेन । बिहान एक गाग्री पानीका लागि तीन घण्टा खोला धाउनुपरेन । विद्यालय पुग्न तीन चार घण्टा पैदल हिँड्नु परेन। त्यो पुस्ताले यो देशमा कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन । सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन ।

रविले प्रधानमन्त्रीले भनेको कुरामा विमति र विरोध नगरेको बताए ।

प्रधानमन्त्रीलाई जवाफ फर्काउँदै सभापति लामिछानेले भने, प्रधानमन्त्रीज्यूले उपलब्धिहरू बताइरहँदा त्यसले भर्खरै नेपालका अस्पतालहरूमा, शौक्षिक संस्थाहरूमा आम नागरिकहरूले के पाइरहेका होलान् त्यसमा पनि ध्यान दिन अनुरोध गर्न चाहन्छु । यो पुस्ताले के देखेन भन्नुभयो । त्यसमा मेरो साथ र समर्थन नै छ । तर, यो पुस्ताले के देख्यो भने देशका संरचनाहरू ननासिकन, हत्याहिंसा, अंगभंग नभइकन, मानिसहरु नहराइकन, शान्तिपूर्ण ढंगले परिवर्तन हुने कुरा पनि देख्यो भन्ने कुरा थपिदिन आग्रह गर्छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर