ललिता निवास प्रकरण: पक्राउ परेका चारै जनालाई सात दिन म्याद थप

Posted on: 28 Jun, 2023

असार १३, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो ।

आज भएको बहसमा प्रतिवादीका तर्फबाट हरिहर दाहाल, रमण श्रेष्ठ, सुशील पन्त लगायत एक दर्जनभन्दा बढी वकिलहरुले बहस गरेका थिए । उनीहरुले पक्राउ परेकामध्ये तीन जना सर्वोच्चको स्टे अर्डरका आधारमा छुटेको हुँदा अरुको हलमा पनि यही लागू हुनुपर्ने माग गरे ।

वरिष्ठ अधिवक्ता दाहालले भनेका थिए, ‘मुद्दा एउटै भएको हुँदा सर्वोच्चको स्टे अर्डर सबैका हकमा लागू हुनुपर्छ । थुनाबाहिरै राखेर अनुसन्धान होस ।’

तर, न्यायाधीश पौडेलले उनको माग स्वीकार गरेनन् । ४ जनासँग सर्वोच्चको निषेधाज्ञा नभएकाले मुद्दाको अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अनुमति दिइएको उनले बताए ।

ललिता निवास प्रकरणमा सात जना पक्राउ परेकोमा ३ जनाले पहिल्यै सर्वोच्चबाट स्टे अर्डर ल्याएका थिए । पक्राउ पर्ने सूचीमा रहेका १७ जनाले सर्वोच्चमा निवेदन दिएर स्टेर अर्डर लिएको बुझिएको छ । बाँकी ४ जनासँग भने स्टे अर्डर थिएन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!