२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललिता निवास प्रकरण: पक्राउ परेका चारै जनालाई सात दिन म्याद थप

२०८०, १३ असार बुधबार १०:३५

असार १३, काठमाडौँ | ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ ।

न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो ।

आज भएको बहसमा प्रतिवादीका तर्फबाट हरिहर दाहाल, रमण श्रेष्ठ, सुशील पन्त लगायत एक दर्जनभन्दा बढी वकिलहरुले बहस गरेका थिए । उनीहरुले पक्राउ परेकामध्ये तीन जना सर्वोच्चको स्टे अर्डरका आधारमा छुटेको हुँदा अरुको हलमा पनि यही लागू हुनुपर्ने माग गरे ।

वरिष्ठ अधिवक्ता दाहालले भनेका थिए, ‘मुद्दा एउटै भएको हुँदा सर्वोच्चको स्टे अर्डर सबैका हकमा लागू हुनुपर्छ । थुनाबाहिरै राखेर अनुसन्धान होस ।’

तर, न्यायाधीश पौडेलले उनको माग स्वीकार गरेनन् । ४ जनासँग सर्वोच्चको निषेधाज्ञा नभएकाले मुद्दाको अनुसन्धानका लागि थप ७ दिन थुनामा राख्न अनुमति दिइएको उनले बताए ।

ललिता निवास प्रकरणमा सात जना पक्राउ परेकोमा ३ जनाले पहिल्यै सर्वोच्चबाट स्टे अर्डर ल्याएका थिए । पक्राउ पर्ने सूचीमा रहेका १७ जनाले सर्वोच्चमा निवेदन दिएर स्टेर अर्डर लिएको बुझिएको छ । बाँकी ४ जनासँग भने स्टे अर्डर थिएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ