१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली भन्छन्: जलहरीमा खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित होइन

१४ असार २०८०, बिहीबार १२:२५

असार १४, काठमाडौँ |  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरीको विषयमा भइरहेको विवाद आफूसँग सम्बन्धित नभएको बताएका छन्। 

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै भएको बताए।

‘मैले त पशुपति विकास कोषलाई पैसा दिनेमात्रै हो। अरू काम उनीहरूले कस्तो गरे, के गरे मसँग सम्बन्धित विषय होइन। खाएकै रहेछन् भने पनि मसँग सम्बन्धित विषय होइन नि', उनले भने। 

ओलीले शिलान्यास, उद्घाटन गर्नेको नाम लेख्ने चलन सबैतिर भएकाले जलहरीमा आफ्नो नाम लेखिनु स्वाभाविकै भएको बताए।

नयाँ गठबन्धनका लागि एमाले र कांग्रेसका नेताहरूले प्रयास गरिरहेका छन् भनिन्छ नि? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले पनि तपाईंहरूबाटै थाहा पाएँ।’

उनले भ्रष्टाचारका पुराना फाइलहरू खुल्नु नियमित प्रक्रिया भएको बताए।

‘यो सरकारले प्रतिक्रिया दिन लायक कुनै काम गरेको छैन,’ उनले भने, ‘स्वार्थले बनेको गठबन्धन हो। स्वार्थ फुटेपछि सक्किहाल्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर