१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आन्दोलनका कारण कर्णाली राजमार्ग बन्द

२५ श्रावण २०८०, बिहीबार ०८:३२

साउन २५, कर्णाली | कर्णाली राज मार्गको नाग्म–जुम्ला बजार सडकखण्ड आन्दोलनका कारण बिहानदेखि बन्द भएको छ । जुम्ला चन्दननाथ नगरपालिकाका धन गिरीको न्यायका लागि स्थानीयले बिहानैदेखि कर्णाली राजमार्ग बन्द गरेका हुन्।

२०७७ असोज १५ गते देखि बेपत्ता भएका ट्याक्टर चालक गिरी हालसम्म नभेटेपछि आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन । चार वर्ष वितिसक्दा समेत घर नफर्के पछि परिवारले जिल्ला प्रहरी कार्यालयलाई खोजि गरिदिन आग्रह गरेका थिए।

यसैबीचमा जुम्ला जिल्ला अदालत र उच्चअदालत सुर्खेतको इजलासले घटनाका प्रतिवादीलाई सफाइ दिएपछि गिरीका परिवार थप आन्दोलित बनेका हुन्। 

बन्दका कारर्ण जुम्लाबाट जाने आउने लोमो तथा छोटो दुरीका सवारी बन्द भएका छन् । जुम्लाबाट  काठमाडौं,नेपालगञ्ज,सुर्खेत,कालिकोट , नग्म,सिन्जा जाने यत्रु अलपत्र परेका छन् । अन्दोलनकारीले एम्बुलेन्स लयातका अतिआवश्यकका सवारी साधन समेत चल्न दिएका छैनन् । 

घटना भएको सात महिनापछि तातोपानि गाउँपालिका -५ श्रीनगरको चौर नजिक तिला नदीमा शंकास्पद मानव कंगाल भेटिएको थियो। कंगलाको डीएनए परीक्षणका लागि पठाएकोमा हालसम्म रिपोर्ट आएको छैन। रिपोर्ट नआउँदै घटनाको दोषीलाई सफाइ दिएको भन्दै गिरीका आफन्तको भनाइ छ।

गिरी २०७७ साल असोज १५ गते सहचालनकसहित जुम्ला बजारबाट ट्याक्टर लगेर गुठिचौर गाउँपालिकाको मणीसाघु गएका थिय।  उक्त ठाउँबाट फर्किने क्रममा गुठिचौरकै लामाकार भीरबाट बेपत्ता भएका थिए । उक्त दिन गुठिचौर गाउँपालिका -५ का बिमलसहितको ४ जनाको टोलिले ट्याक्टर रोकेर चढेका थिए। 

​​​​​​​उनीहरुले  ट्याक्टर रोकेर चाबी खोसी ढुंगामुडा गरी चलकलाई बेपत्ता परेको घटनाको विवरणले देखाएको छ। घटनाको विवरणका आधारमा ती चारजनाविरुद्ध अपहरण गरी व्यक्ति वेपत्ता पारेको आरोपसहित  मुद्दा दायर भएको थियो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले आन्दोलनकारीसँग वार्ता भइरहेको जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन