२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

आन्दोलनका कारण कर्णाली राजमार्ग बन्द

२०८०, २५ श्रावण बिहीबार ०८:३२

साउन २५, कर्णाली | कर्णाली राज मार्गको नाग्म–जुम्ला बजार सडकखण्ड आन्दोलनका कारण बिहानदेखि बन्द भएको छ । जुम्ला चन्दननाथ नगरपालिकाका धन गिरीको न्यायका लागि स्थानीयले बिहानैदेखि कर्णाली राजमार्ग बन्द गरेका हुन्।

२०७७ असोज १५ गते देखि बेपत्ता भएका ट्याक्टर चालक गिरी हालसम्म नभेटेपछि आफन्तले कर्णाली राजमार्ग बन्द गरेका हुन । चार वर्ष वितिसक्दा समेत घर नफर्के पछि परिवारले जिल्ला प्रहरी कार्यालयलाई खोजि गरिदिन आग्रह गरेका थिए।

यसैबीचमा जुम्ला जिल्ला अदालत र उच्चअदालत सुर्खेतको इजलासले घटनाका प्रतिवादीलाई सफाइ दिएपछि गिरीका परिवार थप आन्दोलित बनेका हुन्। 

बन्दका कारर्ण जुम्लाबाट जाने आउने लोमो तथा छोटो दुरीका सवारी बन्द भएका छन् । जुम्लाबाट  काठमाडौं,नेपालगञ्ज,सुर्खेत,कालिकोट , नग्म,सिन्जा जाने यत्रु अलपत्र परेका छन् । अन्दोलनकारीले एम्बुलेन्स लयातका अतिआवश्यकका सवारी साधन समेत चल्न दिएका छैनन् । 

घटना भएको सात महिनापछि तातोपानि गाउँपालिका -५ श्रीनगरको चौर नजिक तिला नदीमा शंकास्पद मानव कंगाल भेटिएको थियो। कंगलाको डीएनए परीक्षणका लागि पठाएकोमा हालसम्म रिपोर्ट आएको छैन। रिपोर्ट नआउँदै घटनाको दोषीलाई सफाइ दिएको भन्दै गिरीका आफन्तको भनाइ छ।

गिरी २०७७ साल असोज १५ गते सहचालनकसहित जुम्ला बजारबाट ट्याक्टर लगेर गुठिचौर गाउँपालिकाको मणीसाघु गएका थिय।  उक्त ठाउँबाट फर्किने क्रममा गुठिचौरकै लामाकार भीरबाट बेपत्ता भएका थिए । उक्त दिन गुठिचौर गाउँपालिका -५ का बिमलसहितको ४ जनाको टोलिले ट्याक्टर रोकेर चढेका थिए। 

​​​​​​​उनीहरुले  ट्याक्टर रोकेर चाबी खोसी ढुंगामुडा गरी चलकलाई बेपत्ता परेको घटनाको विवरणले देखाएको छ। घटनाको विवरणका आधारमा ती चारजनाविरुद्ध अपहरण गरी व्यक्ति वेपत्ता पारेको आरोपसहित  मुद्दा दायर भएको थियो।

जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले आन्दोलनकारीसँग वार्ता भइरहेको जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण