विद्यमान वैदेशिक रोजगार ऐन बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुई प्रकृयाबाट वैदेशिक रोजगारीमा जान सक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विद्यमान वैदेशिक रोजगार ऐन बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुई प्रकृयाबाट वैदेशिक रोजगारीमा जान सक"/>

२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कस्तो कस्तो प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारमा जान सकिन्छ ? र यसबाट हुने फाइदाहरू

२०८०, १ भाद्र शुक्रबार १७:४०


विद्यमान वैदेशिक रोजगार ऐन बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुई प्रकृयाबाट वैदेशिक रोजगारीमा जान सकिन्छ । 

संस्थागत प्रकृया भन्नाले विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालनको अनुमती लिएका मेनपावर संस्था मार्फत कानून बमोजिम वैदेशिक रोजगारीमा जाने प्रकृयालाई बुझिन्छ । 

यस प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारमा जाँदा हुने फाइदाहरु:

- कुन देश जाने हो ? कुन कम्पनीमा जाने हो ? आफूले गर्ने काम के हो ? तलब सुविधा के हुने हो ? सबै कुराको स्पष्ट जानकारी पाइन्छ ।

- विदेशमा रहँदा कुनै समस्या परे सम्बन्धित मेनपावरलाई सम्पर्क गरी समस्याको समाधान गर्न र उद्धारमा सहयोग पाउन सकिन्छ ।

- मेनपावरबाट विदेश जाँदा ठगिएमा मेनपावरले राखेको धरौटीबाट वैदेशिक रोजगार विभाग मार्फत रकम असुल उपर गर्न सकिन्छ ।

- विदेशमा भने अनुसारको काम र तलब नदिएमा पठाउने मेनपावरबाट असुल उपर गर्ने कानूनी प्रावधान रहेको छ ।

- विदेशमा जाँदा बुझाउनु पर्ने वास्तविक लागत रकम कति हो भन्ने विषयमा बुझ्न सकिन्छ ।

व्यक्तिगत प्रकृया भन्नाले कामदार आफ्नै पहलमा विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावलीमा उल्लिखित प्रकृया पूरा गरी वैदेशिक रोजगारीमा जाने प्रकृयालाई बुझिन्छ । यस प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारमा जाँदा कामदार आफ्नो कामको लागि स्वयं जिम्मेवार हुनुपर्दछ । तसर्थ, श्रम स्वीकृति लिएर संस्थागत (मेनपावर कम्पनी) मार्फत वैदेशिक रोजगारमा जानु तुलनात्मक रुपमा सुरक्षित मानिन्छ ।

- Working Visa बाहेक अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुदैन । गलत कागजात बनाई वैदेशिक रोजगार ऐन तथा नियमावलीमा उल्लिखित प्रावधान विपरीत अन्य प्रक्रियाबाट वैदेशिक रोजगारमा जानु गैरकानूनी हुन्छ र यस्तो अवस्थामा कुनै पनि कुराको ग्यारेन्टी हुँदैन र ठगीमा पर्ने सम्भावना हुन्छ ।

- पर्यटक भिसा वा भिजिट भिसामा बैदेशिक रोजगारमा जानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु