विद्यमान वैदेशिक रोजगार ऐन बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुई प्रकृयाबाट वैदेशिक रोजगारीमा जान सक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विद्यमान वैदेशिक रोजगार ऐन बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुई प्रकृयाबाट वैदेशिक रोजगारीमा जान सक"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कस्तो कस्तो प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारमा जान सकिन्छ ? र यसबाट हुने फाइदाहरू

१ भाद्र २०८०, शुक्रबार १७:४०


विद्यमान वैदेशिक रोजगार ऐन बमोजिम संस्थागत (इजाजतपत्र प्राप्त मेनपावर मार्फत) र व्यक्तिगत गरी जम्मा दुई प्रकृयाबाट वैदेशिक रोजगारीमा जान सकिन्छ । 

संस्थागत प्रकृया भन्नाले विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावली बमोजिम वैदेशिक रोजगार विभागबाट वैदेशिक रोजगार व्यवसाय सञ्चालनको अनुमती लिएका मेनपावर संस्था मार्फत कानून बमोजिम वैदेशिक रोजगारीमा जाने प्रकृयालाई बुझिन्छ । 

यस प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारमा जाँदा हुने फाइदाहरु:

- कुन देश जाने हो ? कुन कम्पनीमा जाने हो ? आफूले गर्ने काम के हो ? तलब सुविधा के हुने हो ? सबै कुराको स्पष्ट जानकारी पाइन्छ ।

- विदेशमा रहँदा कुनै समस्या परे सम्बन्धित मेनपावरलाई सम्पर्क गरी समस्याको समाधान गर्न र उद्धारमा सहयोग पाउन सकिन्छ ।

- मेनपावरबाट विदेश जाँदा ठगिएमा मेनपावरले राखेको धरौटीबाट वैदेशिक रोजगार विभाग मार्फत रकम असुल उपर गर्न सकिन्छ ।

- विदेशमा भने अनुसारको काम र तलब नदिएमा पठाउने मेनपावरबाट असुल उपर गर्ने कानूनी प्रावधान रहेको छ ।

- विदेशमा जाँदा बुझाउनु पर्ने वास्तविक लागत रकम कति हो भन्ने विषयमा बुझ्न सकिन्छ ।

व्यक्तिगत प्रकृया भन्नाले कामदार आफ्नै पहलमा विद्यमान वैदेशिक रोजगार ऐन तथा नियमावलीमा उल्लिखित प्रकृया पूरा गरी वैदेशिक रोजगारीमा जाने प्रकृयालाई बुझिन्छ । यस प्रकृयाको अवलम्बन गरी वैदेशिक रोजगारमा जाँदा कामदार आफ्नो कामको लागि स्वयं जिम्मेवार हुनुपर्दछ । तसर्थ, श्रम स्वीकृति लिएर संस्थागत (मेनपावर कम्पनी) मार्फत वैदेशिक रोजगारमा जानु तुलनात्मक रुपमा सुरक्षित मानिन्छ ।

- Working Visa बाहेक अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुदैन । गलत कागजात बनाई वैदेशिक रोजगार ऐन तथा नियमावलीमा उल्लिखित प्रावधान विपरीत अन्य प्रक्रियाबाट वैदेशिक रोजगारमा जानु गैरकानूनी हुन्छ र यस्तो अवस्थामा कुनै पनि कुराको ग्यारेन्टी हुँदैन र ठगीमा पर्ने सम्भावना हुन्छ ।

- पर्यटक भिसा वा भिजिट भिसामा बैदेशिक रोजगारमा जानु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन