पढ्न करिब 1 मिनेट लाग्छ

असोज २०, गोरखा । नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले देश विकासका लागि स्थायी सरकारको आवश्यकता रहेको बताउनुभएको छ ।

बडादसैँ, दीपावली, नेपाल सम्बत् तथा छठको अवसरमा नयाँ शक्ति पार्टी गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै उहाँले मुलुकमा कम्तिमा पाँचवर्ष टिक्ने सरकार आवश्यक परेको बताउनुभयो । देशमा आर्थिक समृद्धि ल्याउन स्थायी सरकारको खाँचो रहेको उहाँको भनाइ थियो ।

तनहुँको आँबुखैरेनी नजिक ऐनापहरामा झरेको पहिरोले पृथ्वीराजमार्ग पूर्णरुपमा अबरुद्ध भएपछि पूर्वप्रधानमन्त्री भट्टराईले बाटोबाटै टेलिफोन गरी कार्यक्रमलाई सम्बोधन गर्नुभएको उक्त पार्टीका स्थानीय नेता ज्ञानेन्द्र कुमालले जानकारी दिनुभयो । रासस