पढ्न करिब 1 मिनेट लाग्छ

असोज २०, चितवन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल बहुसांस्कृतिक तथा बहुभाषिक देश भएकाले सोही अनुसार चाडपर्व मनाउनुपर्ने बताएका छन् ।

नेकपा एमाले पार्टी कार्यालयले आज आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले राष्ट्रिय एकतामा खलल नपर्ने गरी चाडपर्व मनाउनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

महासचिव पोखरेलले देशलाई विखण्डन गर्ने षडयन्त्र भने अहिले पनि जारी रहेको जिकिर गर्दै भने- “एकता भत्काउने प्रयास अझै पनि छ, राष्ट्रिय चुनौतीलाई ख्याल गर्नुपर्छ, यसमा चुक्यौँ भने चाडपर्व मनाउनुको अर्थ हुँदैन” ।

पूर्व अर्थमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डेले आर्थिक विकासपछि मात्रै देश विकास हुने भएकाले आर्थिक समृद्धितर्फ ध्यान दिनु आवश्यक भएको बताए ।