३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विद्यार्थीको प्रमाणपत्रलाई पुजीको रुपमा हेरौः उपाध्यक्ष बराल

३ कार्तिक २०७३, बुधबार ०२:१३

दिपक अनुरागी | कात्तिक ३, कपिलवस्तु । अनेरास्ववियुकी केन्द्रिय उपाध्यक्ष सुनिता बरालले विद्यार्थीको प्रमाणपत्रलाई पुँजीको रुपमा हेर्नुपर्नेमा जोड दिएकी छिन् । जीवनको दशकौ समय अध्ययनमै विताउने र अध्ययन सकिसकेपछि बेरोजगार बस्नुपर्ने बाध्यता नेपाली विद्यार्थीमा रहिआएको यथार्थता उनले प्रस्ट्याइन् । यो समस्या समाधान गर्नका लागी अनेरास्ववियुले लामो समयदेखि उठाउँदै आएको शैक्षिक लोनको व्यवस्था राज्यले नितिगत रुपमै गरेको बताइन ।

कपिलवस्तुको बनगाईमा भएको एक कार्यक्रममा बोल्दै उनले देशमा जारी भएको संबिधानमा माध्यमिक तह सम्म निशुल्क शिक्षाको व्यवस्था राज्यले गरेकोले त्यसको कार्यान्वयन गर्न तर्फ सबै लाग्नुपर्ने बताइन् । देशमा एकै प्रकारको शिक्षा निति हुनुपर्ने माग गर्दै आएको अनेरास्ववियु अहिले निजि विद्यालय तत्कालै बन्द गर्ने पक्षमा नरहेको उनले बताइन् ।

राज्यले संबिधानमै निशुल्क शिक्षा दिने लेखिसके पछि देशमा निजि विद्यालय खोल्नुपर्ने बाध्यता नभएको भन्दै उहाँले निजि विद्यालय आफै बन्द हुने ठोकुवा गरिन् । त्यसो हुँदा अनेरास्ववियुले लामो समयदेखि उठाउँदै आएको माग पुरा हुने उनको तर्क थियो ।

बरालले देशमा सञ्चालित निजि विद्यालयले बेइमानी गरिरहेको पनि आरोप लगाइन । राज्यको मापदण्ड विपरित निजि विद्यालय सञ्चालन भएको खण्डमा अनेरास्ववियुले खबरदारी गर्न पछि नपर्ने उनको भनाई थियो ।

फरक प्रसङ्गमा विद्यार्थी नेतृ बरालले अनेरास्ववियुको ५२ औ बर्षको इतिहासमा शैक्षिक मात्र नभई सामाजिक क्षेत्रमा संगठनले महत्वपुर्ण भुमिका खेलेको बताइन । अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई संम्बोधन गर्नका लागी उपाध्यक्ष बराल कपिलवस्तु आएकी हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’