२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

विद्यार्थीको प्रमाणपत्रलाई पुजीको रुपमा हेरौः उपाध्यक्ष बराल

२०७३, ३ कार्तिक बुधबार ०२:१३

दिपक अनुरागी | कात्तिक ३, कपिलवस्तु । अनेरास्ववियुकी केन्द्रिय उपाध्यक्ष सुनिता बरालले विद्यार्थीको प्रमाणपत्रलाई पुँजीको रुपमा हेर्नुपर्नेमा जोड दिएकी छिन् । जीवनको दशकौ समय अध्ययनमै विताउने र अध्ययन सकिसकेपछि बेरोजगार बस्नुपर्ने बाध्यता नेपाली विद्यार्थीमा रहिआएको यथार्थता उनले प्रस्ट्याइन् । यो समस्या समाधान गर्नका लागी अनेरास्ववियुले लामो समयदेखि उठाउँदै आएको शैक्षिक लोनको व्यवस्था राज्यले नितिगत रुपमै गरेको बताइन ।

कपिलवस्तुको बनगाईमा भएको एक कार्यक्रममा बोल्दै उनले देशमा जारी भएको संबिधानमा माध्यमिक तह सम्म निशुल्क शिक्षाको व्यवस्था राज्यले गरेकोले त्यसको कार्यान्वयन गर्न तर्फ सबै लाग्नुपर्ने बताइन् । देशमा एकै प्रकारको शिक्षा निति हुनुपर्ने माग गर्दै आएको अनेरास्ववियु अहिले निजि विद्यालय तत्कालै बन्द गर्ने पक्षमा नरहेको उनले बताइन् ।

राज्यले संबिधानमै निशुल्क शिक्षा दिने लेखिसके पछि देशमा निजि विद्यालय खोल्नुपर्ने बाध्यता नभएको भन्दै उहाँले निजि विद्यालय आफै बन्द हुने ठोकुवा गरिन् । त्यसो हुँदा अनेरास्ववियुले लामो समयदेखि उठाउँदै आएको माग पुरा हुने उनको तर्क थियो ।

बरालले देशमा सञ्चालित निजि विद्यालयले बेइमानी गरिरहेको पनि आरोप लगाइन । राज्यको मापदण्ड विपरित निजि विद्यालय सञ्चालन भएको खण्डमा अनेरास्ववियुले खबरदारी गर्न पछि नपर्ने उनको भनाई थियो ।

फरक प्रसङ्गमा विद्यार्थी नेतृ बरालले अनेरास्ववियुको ५२ औ बर्षको इतिहासमा शैक्षिक मात्र नभई सामाजिक क्षेत्रमा संगठनले महत्वपुर्ण भुमिका खेलेको बताइन । अनेरास्ववियु कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई संम्बोधन गर्नका लागी उपाध्यक्ष बराल कपिलवस्तु आएकी हुन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु