कात्तिक ३, काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ ।  
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन व्यवस्थापिका संसदले महाअभियोग सिफारिस समिति गठन गरेको छ ।  
"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एघार सदस्यीय महाभियोग समिति गठन

३ कार्तिक २०७३, बुधबार १०:३३

कात्तिक ३, काठमाडौं । राष्ट्रपति, उपराष्ट्रपति तथा संवैधानिक अंगका प्रमुखहरुलाई महाभियोग लगाउन व्यवस्थापिका–संसद्मले महाअभियोग सिफारिस समिति गठन गरेको छ । 

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सो प्रस्ताबलाइ बैठकले सर्वसम्मतले स्वीकृत गरेको छ । 

नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो । संविधानअनुसार उक्त समिति ११ सदस्य हुनेछ ।

महाअभियोग समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका चार-चार तथा नेकपा माओवादी केन्द्रका दुईजना प्रतिनिधि समितिमा  रहेका छन् ।

नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, दिपक कुइँकेल, फरमुल्लाह मन्सुर र कुमारी लक्ष्मी राई रहेका छन् । एमालेले केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी रहेका छन् भने माओवादी केन्द्रबाट अमनलाल मोदी र रामनारायण बिडारी सदस्य रहेका छन् ।

यसैगरी राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी समितिमा रहेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलना गर्न खोजेको आरोप लगाउँदै हिजो संसद् बैठकमा सांसदहरुले महाभियोग लगाएर हटाउन माग गरेको भोलिपल्ट समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ