प्रेम सुनार/कात्तिक ३, गुल्मी ।  नेकपा एमालेका सचिव गोकर्णराज विष्टले संघिय संरचना बनाउँदा कुनै पनि हालतमा तराई र पाहड छुटाउन नदिने चेतवानी दिएका छन् । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/कात्तिक ३, गुल्मी ।  नेकपा एमालेका सचिव गोकर्णराज विष्टले संघिय संरचना बनाउँदा कुनै पनि हालतमा तराई र पाहड छुटाउन नदिने चेतवानी दिएका छन् । <"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघिय संरचनामा तराई पाहड छुटाउन दिन्नौं: गोकर्ण विष्ट

३ कार्तिक २०७३, बुधबार ११:३२

प्रेम सुनार/कात्तिक ३, गुल्मी ।  नेकपा एमालेका सचिव गोकर्णराज विष्टले संघिय संरचना बनाउँदा कुनै पनि हालतमा तराई र पाहड छुटाउन नदिने चेतवानी दिएका छन् । 

सरकारले संविधान संशोधन गरी लुम्निी अञ्चल र राप्ती  अञ्चल भित्रका तराईका जिल्लाहरु यि दुई अञ्चलबाट टुक्राउने षडयन्त्र गरेको भन्दै नेता विष्टले आज गुल्मीको अर्खलेको एक कार्यक्रममा सरकारलाई छुटाएर देखाउन चुनौती दिएका हुन् ।

‘सरकारले जुन प्रकारले संविधान संशोधनको प्रस्तावको कुरा ल्याईरहेको छ त्यो भनेको वुटवल लगायतका तराईका जिल्लाहरु लुम्विनी अञ्चलबाट छुटाउने षडयन्त्र हो , –‘नेता विष्टले भने–‘ यदि गुल्मी अर्घाखाँचीलाई वुटवलबाट छुटाउने षडयन्त्र गरे नेकपा एमालेले ५० औं हजार जनता वुटवलमा उतारेर सरकारका त्यो प्रयासलाई असफल पारेरै छाड्छ । ’

उनले गुल्मी र वुटवलको सम्वन्ध घर र वेसीको सम्वन्ध भएको बताउँदै  लुम्विनी अञ्चलका साविकका जिल्लाहरु एमालेले प्रादेशिक संरचनाबाट छुटाउन नदिने धारणा राखे ।  सवै राजनैतिक दल यति वेला  दलिय स्वार्थबाट माथी उठेर संविधान कार्यन्वयनमा लाग्नु पर्ने आग्राह गर्दै विष्टले भने –‘यदि  त्यसो नगरिए देशमा भयानक संकट निम्तीन सक्छ । ’

२०७४ साल माग ७ गते सम्म संविधान कार्यन्वयन गरी सक्नु पर्ने नत्र संवैधानिक संकट निम्तीने भएकाले सवै राजनैतिक दलहरु साझा भावना राखेर संविधान कार्यन्वयनमा लाग्नु पर्ने उनको सुझाव थियो । सरकार संग नेकपा एमालेले अविलम्व स्थनिय निकायको निर्वाचनन गर्न माग गरेको बताउँदै नेता विष्टले  अहिलेको पहिलो सर्त र आवस्यकता भनेकै संविधान कार्यन्यवन र स्थानिय निकायको निर्वाचन भएको बताए ।

यस अघि ओली नेतृत्वको सरकारले राष्टिय स्वाधिनता र आत्मा सम्मानको अभियान चलाएको दावि गर्दै उनले अहिलेको सरकार त्यसलाई धक्का दिन बनेको आरोप लगाए । समाजसेवी युवा क्लव रेसुङ्गा नगरपालिका–४ अर्खलेले आयोजना गरेको भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नेता विष्टले स्थानिय विपक्षी राजनैतिक दललाई लक्षित गर्दै युवाहरुलाई अगाडी बढ्न नदिने हरियो घाँसमा लुकेको हरियो शर्पको संज्ञा दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी , नेकपा एमालेका कार्यवाहक अध्यक्ष मधुकृष्ण पन्त लगायतका राजनैतिक दल , जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारी , जिल्ला खेलकुद परिषदका अध्यक्ष राजेन्द्रविक्रम कुँवर लगायतले पनि मन्तव्य राखेका थिए ।

आज बाट तिन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा  भलिवल खेलका राष्टिय प्रशिक्षक हिरा पुन र किशोर केसीले रेफ्री गरिरहेका छन् । क्लवका अध्यक्ष रेमलाल भण्डारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा सल्लाहकार विष्णुविनायक भण्डारीको स्वागत मन्तव्य र श्रीराम महतको सञ्चालन रहेको थियो । गजलसंग्रह सडक रचना बाचनले प्रकाशन गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव