२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दर्लामचौरमा विपक्षीबाट भारी कार्यकर्ता एमालेमा प्रवेश

३ कार्तिक २०७३, बुधबार १४:०८

प्रेम सुनार | कात्तिक ३, गुल्मी । विपक्षी राजनैतिक दलबाट नेकपा एमाले गुल्मीले दर्लामचौर गाविसमा भारी कार्यकर्ताहरु आफ्नो पार्टीमा प्रवेश गराएको जनाईएको छ । 

माओवादी केन्द्रका पुर्व जिल्ला सदस्य तोथनाथ सापकोटा, वाईसियलका पुर्व गाविस ईन्चार्ज जंगबहादुर महत, नेपाली कांग्रेसबाट त्यस गाविसका पुर्व उपाध्यक्ष महेन्द्र अधिकारी नेपाली कांग्रेसबाटै गाउँ कार्य  समिति सदस्य रामबहादुर कुँवर सहित ६४ जना कार्यकर्ता प्रवेश गरेको सो पार्टीका क्षेत्रिय सचिव ओम कार्कीले जानकारी दिए ।

तोयनाथ सापकोटा  प्रवेश गरेको सम्वन्धमा नेकपा माओवादी केन्द्र गुल्मीका सह ईन्चार्ज सुदर्शन वराल संग प्रतिकृया माग्दा उनले तोयनाथ जस्ता  व्यक्तिगत स्वार्थका लागि छेपाराले झै छिनछिनमा राजनैतिक रङ्ग फेर्नेहरु आउने जाने गर्ने कुराले खासै फरक नपर्ने बताए ।  

उनले भने –‘त्यस गाविसका पुर्व गाविस सचिव हुँदा देखि नै  उनि कहिले मण्डले, कहिले काग्रेुस बन्दै  चल्तापुर्जा भलाद्मी बने तर त्यसरी नै दल फे्र्दै जाँदा उनको जनधार टुङ्गियो । त्यही क्रममा हामीले जनयुद्ध ताका  कार्वाही गर्ने डरले नेपाली कांग्रेस परित्याग गरी माओवादी बनेका थिए । आज एमाले बने छन् तर भोली राप्रपा भने पनि कुनै आश्चर्यको् विषय हुने छैन् ।’

नेपाली काग्रेसको भने कुनै प्रतिकृया आएको छैन् । यता  नव प्रवेशीहरुलाई झण्डै १५ सय जना कार्यकताहरुको् विचमा नेकपा एमालेका केन्द्रिय सचिव तथा क्षेत्र नम्वर ३ का सांसद गोकर्णराज विष्ट लगायतका नेताहरुले फुलमाला अविर लगाएर पार्टीमा भव्य स्वागत गरेका  थिए ।

दर्लामचौरको ठाडुङ्गामा नेकपा एमाले ईलाका नम्वर १३ स्तरिय आम सभामा नेता विष्ट, सोही पार्टीका कार्यवाहक जिल्ला अध्यक्ष मधुकृष्ण पन्त, क्षेत्र नम्वर ३ का ईन्चार्ज लक्ष्मण पराजुली, जिल्ला सचिवालय सदस्य लक्ष्मण विष्ट, क्षेत्रिय सचिव ओम कार्की लगायतले मन्तव्य राखेका थिए । दर्लामचौर गाउँ कमिटी अध्यक्ष प्रेमनारायण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य नारायण पैयाँनीको सञ्चालन रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव