कात्तिक ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै उनि कामबिहिन बनेका छन् । बुधबार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै उनि कामबिहिन बनेका छन् । बुधबार"/>
२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान निलम्बित, आजैदेखि महाअभियोग प्रस्ताव अघि बढ्ने

२०७३, ४ कार्तिक बिहीबार ०१:१८

कात्तिक ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै उनि कामबिहिन बनेका छन् । बुधबार सत्तारुढ नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गरेपछी उनि स्वत: निलम्बनमा परेका छन् ।

बिभिन्न बहानामा आफूलाई टिकाउने कसरत गर्दै भाग-दौडमा लागेका लोकमान बिरिद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि अब त्यसको टुंगो नलागेसम्म संम्वन्धित पदाधिकारी ‘निलम्बित’ अवस्थामा रहने संबिधानको धारा १०१ को उपधारा ६ अनुसार व्यवस्था छ ।

तर लोकमान फेरी इन हुने वा आउट हुने भन्ने टुंगो भने लागिसकेको छैन । लोकमानको व्यवस्थापिका संसदको दुई तिहाइ बहुमतले महाअभियोग पारित नगरेमा संविधानको धारा १०१ को उपधारा २ अनुसार उनी स्वतः पदमा फर्कन सक्नेछन् । यदी महाअभियोग प्रस्ताव पारित भएमा लोकमानसिंह कार्कीले भविश्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयनका लागिसमेत अयोग्य ठहरिनेछन् । 

यता संसदहरुले अब लोकमान 'आउट' भएरै छाड्ने दावी गरेका छन् । लोकमान बिरुद्ध कांग्रेस, माओवादी र एमालेकै सहमतिमा महाअभियोग लगाईएको कारण उनि अब अख्तियारमा नफर्कने संसदहरुको दावी छ । 

अब लोकमान बिरुद्धको महाअभियोगको प्रस्तावमा संसद सचिवालयले आजैको मितिदेखि संसद बैठकको पूर्वनिर्धारित दैनिक कार्यसूची परिवर्तन गरी महाअभियोग प्रस्ताव अघि बढाउने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण