२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली बनाइँदै

४ कार्तिक २०७३, बिहीबार ११:५७

कात्तिक ४, काठमाडौँ । नेपाल सामुदायिक उच्चमाध्यमिक शिक्षक युनियनले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्नुपर्ने, माध्यमिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने लगायत माग राखेको छ । 

युनियनको चौथो राष्ट्रिय महाधिवेशनका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा युनियनले कक्षा ११ र १२ अध्यापन गर्न आवश्यक शिक्षक दरबन्दी स्वीकृत गर्नुपर्ने र समायोजित उमावि तहमा कार्यरत शिक्षकलाई आन्तरिक प्रक्रिया पु¥याई तुरुन्त स्थायी गरिनुपर्ने माग राखेको छ । 

सो अवसरमा शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा ऐन(आठौँ संशोधन) को कार्यान्वयनका लागि नियमावली बनाउने चरणमा रहेको बताउनुभयो । उहाँले मुलुकको शैक्षिक संरचनामा नीतिगत नयाँ परिवर्तनका लागि, अन्तर्राष्ट्रिय शैक्षिक विकासलाई नेपालमा लागू गर्नका लागि ऐनको कार्यान्वयन खाँचो रहेको बताउँदै भन्नुभयो, “ऐनले ट्रेड युनियन अधिकारीलाई आत्मसात् गरी अगाडि बढ्न समेत मार्गप्रशस्त गरेको छ ।” 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष केशव निरौलाले नियमावलीमा रहेको अव्यवस्थित नीतिका कारण मुलुकभरका शिक्षकलाई समेट्न नसकिएको बताउँदै उमावि शिक्षकलाई विश्व श्रम सङ्गठनले तय गरेको ज्याला समेत नदिइएको अवस्था छ भन्नुभयो । 

युनियनका अध्यक्ष डिल्लीराम सिग्देलले उमाविमा कार्यरत शिक्षक अनुपातमा दरबन्दीको व्यवस्था नहुनु, विद्यालय सङ्गठनको खाका स्पष्ट नहुनु, मावि तहमा अध्यापन गराउने शिक्षकको शैक्षिक योग्यताबारे स्पष्ट नहुनुजस्ता समस्या प्रस्तुत गर्नुभयो । युनियनका केन्द्रीय उपाध्यक्ष ज्ञानप्रसाद भट्टराईले भन्नुभयो, “विगत २० वर्षदेखि आधा पेट खाएर उमावि शिक्षकले पढाउनुपरेको अवस्था छ तर पनि राज्यले उनीहरुकै समस्यालाई सम्बोधन गर्न सकेको छैन ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ