कात्तिक ५, बनेपा । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल– भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताएका छन् । 

नेपाल समसामयिक अध्ययन केन्द्रले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ५, बनेपा । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल– भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताएका छन् । 

नेपाल समसामयिक अध्ययन केन्द्रले "/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारतबीच बहुआयामिक सम्बन्ध छः परराष्ट्रमन्त्री

५ कार्तिक २०७३, शुक्रबार १०:२४


कात्तिक ५, बनेपा । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले नेपाल– भारतबीचको सम्बन्ध बहुआयामिक भएको बताएका छन् । 

नेपाल समसामयिक अध्ययन केन्द्रले आज धुलिखेलमा आयोजना गरेको “नेपाल– भारत सम्बन्ध” विषयक गोष्ठीमा उनले भने– नेपाल भारत सम्बन्धको विषय कुटनीतिक टेबुलमा हुनुपर्छ, यो सडकमा छलफल गर्ने विषय होइन् । 

मन्त्री महतले नेपालको आवश्यकता र स्वार्थका लागि सरकार चिन्तित भएको बताउँदै नेपाल भारतबीच विगतमा देखिएको तिक्ता क्रमशः हट्दै अहिले विश्वासको सम्बन्ध स्थापित हुन लागेको बताए । 

“हामीले विदेशी नीतिलाई आन्तरिक राजनीति गर्ने भाँडो बनाउनु हुँदैन उनले भने– नेपालको विषयमा चीन र भारतसँग समान खालको कुराकानी भएको छ । ” मन्त्री महतले सार्क शिखर सम्मेलन रोकिनुमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालको कमजोरी नभएको बताए । 

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सार्क राष्ट्रमा देखिएको समस्या न्यूनिकरणका लागि ठूलो राष्ट्रको हैसियतले भारतले र अध्यक्ष राष्ट्रको हैसियतले नेपालले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । 

उनले नेपालमा देखिएको अस्थिर राजनीतिको प्रभाव भारतमा पनि परेको उल्लेख गर्दै यसले नेपालमा भारत विरोधी भावना बढाएको बताए । नेपालका लागि भारतीय राजदूत रणजित रायले बलियो राजनीतिक समझदारी भएपछि मात्र नेपालको विकास प्राथमिकतामा पर्ने बताए । 

भारतका लागि प्रस्तावित नेपाली राजदूत दीपकुमार उपाध्यायले नेपाल– भारत सम्बन्ध विश्वमै अनुकरणीय भएको बताउँदै नेपालको पारवाहनको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । 

दुई दिनसम्म चल्ने सो गोष्ठीमा भारतका छ र नेपालका २५ गरी कुल ३१ जना सहभागी छन् । गोष्ठीमा नेपाल भारतबीचको बहुआयामिक सम्बन्धसंग सम्बन्धीत छुटाछुट्टै पाँचवटा कार्यपत्र प्रस्तुत हुने छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का