३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गाउँ पस्दै राप्रपा नेपाल

५ कार्तिक २०७३, शुक्रबार ११:५२

प्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । पार्टीका गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गर्न राप्रपा नेपाल जिल्ला कार्यसमितिले विभिन्न पाँच वटा टोली नै बनाई गाउँ जाने भएको छ । 

बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका २ नगरपालिका र २१ वटै गाविसका कार्यसमितिहरुको पुनःगठन तथा अधिवेशन सम्पन्न गर्न विभिन्न पाँच वटा टोली बनाएको हो । 

बैठकले पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक बासुदेव भट्टराई, नेताहरु केशव ढुंगाना, भैरव सिटौला (जीवन), पदम तुम्बाहाम्फे र लैन तुम्बाहाम्फको संयोजकत्वका छुट्टा–छुट्टै टोली बनाई गाउँ तथा नगर कार्यसमितिको अधिवेशनको जिम्मेवारी बाँडफाँड गरेको हो । 

बैठकले टोलीहरुलाई कात्तिक २४ गते भित्रमा सबै गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गराई सक्न निर्देशन गरेको छ । गाउँ तथा नगरहरुको अधिवेशन सकेपछि कात्तिक २५ गते बस्ने जिल्ला  कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनको मिति तय गर्ने जिल्ला अधिवेशन आयोजक समितिका सदस्य भैरव सिटौलाले जानकारी दिए ।

बैठकले हाललाई पार्टीको कार्यालय सन्चालनको जिम्मा कृष्णनारायण ढुंगानालाई दिएको छ । पार्टीको जिल्ला कार्यसमितिका तत्कालिन पदाधिकारीहरु विवाद भएपछि राप्रपा नेपाल जिल्ला कार्यसमितिभित्र खटपट उत्पन्न भएको थियो । 

तत्कालिन जिल्ला अध्यक्ष पृथ्वीबहादुर तुम्बाहाम्फेले पार्टीको विधि विधान विपरीत गतिविधि गरेको भन्दै तत्कालिन सचिव केशव ढुंगानालाई पार्टीबाट निष्काशन गरेका थिए । सो विवादलाई सुल्झाउन केन्द्रिय समितिले तत्कालिन जिल्ला कार्यसमितिलाई विघठन गर्दै केन्द्रिय सदस्य बाँसुदेव भट्टराईको संयोजकत्वमा ३ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति बनाइदिएको थियो । सो समितिलाई विस्तार गरी अहिले ३१ सदस्यीय आयोजक समिति निर्माण गरिएको सदस्य सिटौलाले बताए । 

अहिले नेता भट्टराई संयोजकत्वको समितिमा पृथ्वी बहादुर तुम्बाहाम्फे, केशव ढुंगाना, भैरव सिटौला, पदम तुम्बाहाम्फे, लैनबहादुर तूम्बाहाम्फे, कृष्णनारायण ढुंगाना, सुर्यनारायण ढुंगाना, विमला दाहाल, शोभा दाहाल, चित्रकला कार्की, पुर्णबहादुर रसाइली, भक्तबहादुर कटुवाल, पुण्यप्रसाद सुवेदी, दिलिप निरौला, नारायण कोइराला, भिम ढुंगाना, तोयानाथ भट्टराई, आशा लिम्बू, धनमाया सुवेदी, केशव भट्टराई, तिर्थराज भट्टराई, डिकबहादुर खड्का, प्रेम खड्का, रुद्र भट्टराई, अग्नी बाँस्तोला, डिल्ली उप्रेती, बालकृष्ण चिमरिया, यामप्रसाद बाँस्तोला, सानुकुमार लिम्बु र नरप्रसाद उप्रेती रहनुभएको छ । पार्टीको जिल्ला अधिवेशन मंसिर मशान्तभित्रै हुने संयोजक भट्टराईले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’