२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

गाउँ पस्दै राप्रपा नेपाल

२०७३, ५ कार्तिक शुक्रबार ११:५२

प्रकाश धौलाकोटी/कात्तिक ५, तेह्रथुम । पार्टीका गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गर्न राप्रपा नेपाल जिल्ला कार्यसमितिले विभिन्न पाँच वटा टोली नै बनाई गाउँ जाने भएको छ । 

बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका २ नगरपालिका र २१ वटै गाविसका कार्यसमितिहरुको पुनःगठन तथा अधिवेशन सम्पन्न गर्न विभिन्न पाँच वटा टोली बनाएको हो । 

बैठकले पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला संयोजक बासुदेव भट्टराई, नेताहरु केशव ढुंगाना, भैरव सिटौला (जीवन), पदम तुम्बाहाम्फे र लैन तुम्बाहाम्फको संयोजकत्वका छुट्टा–छुट्टै टोली बनाई गाउँ तथा नगर कार्यसमितिको अधिवेशनको जिम्मेवारी बाँडफाँड गरेको हो । 

बैठकले टोलीहरुलाई कात्तिक २४ गते भित्रमा सबै गाउँ तथा नगर कार्यसमितिहरुको अधिवेशन गराई सक्न निर्देशन गरेको छ । गाउँ तथा नगरहरुको अधिवेशन सकेपछि कात्तिक २५ गते बस्ने जिल्ला  कार्यसमितिको बैठकले पार्टीको जिल्ला अधिवेशनको मिति तय गर्ने जिल्ला अधिवेशन आयोजक समितिका सदस्य भैरव सिटौलाले जानकारी दिए ।

बैठकले हाललाई पार्टीको कार्यालय सन्चालनको जिम्मा कृष्णनारायण ढुंगानालाई दिएको छ । पार्टीको जिल्ला कार्यसमितिका तत्कालिन पदाधिकारीहरु विवाद भएपछि राप्रपा नेपाल जिल्ला कार्यसमितिभित्र खटपट उत्पन्न भएको थियो । 

तत्कालिन जिल्ला अध्यक्ष पृथ्वीबहादुर तुम्बाहाम्फेले पार्टीको विधि विधान विपरीत गतिविधि गरेको भन्दै तत्कालिन सचिव केशव ढुंगानालाई पार्टीबाट निष्काशन गरेका थिए । सो विवादलाई सुल्झाउन केन्द्रिय समितिले तत्कालिन जिल्ला कार्यसमितिलाई विघठन गर्दै केन्द्रिय सदस्य बाँसुदेव भट्टराईको संयोजकत्वमा ३ सदस्यीय जिल्ला अधिवेशन आयोजक समिति बनाइदिएको थियो । सो समितिलाई विस्तार गरी अहिले ३१ सदस्यीय आयोजक समिति निर्माण गरिएको सदस्य सिटौलाले बताए । 

अहिले नेता भट्टराई संयोजकत्वको समितिमा पृथ्वी बहादुर तुम्बाहाम्फे, केशव ढुंगाना, भैरव सिटौला, पदम तुम्बाहाम्फे, लैनबहादुर तूम्बाहाम्फे, कृष्णनारायण ढुंगाना, सुर्यनारायण ढुंगाना, विमला दाहाल, शोभा दाहाल, चित्रकला कार्की, पुर्णबहादुर रसाइली, भक्तबहादुर कटुवाल, पुण्यप्रसाद सुवेदी, दिलिप निरौला, नारायण कोइराला, भिम ढुंगाना, तोयानाथ भट्टराई, आशा लिम्बू, धनमाया सुवेदी, केशव भट्टराई, तिर्थराज भट्टराई, डिकबहादुर खड्का, प्रेम खड्का, रुद्र भट्टराई, अग्नी बाँस्तोला, डिल्ली उप्रेती, बालकृष्ण चिमरिया, यामप्रसाद बाँस्तोला, सानुकुमार लिम्बु र नरप्रसाद उप्रेती रहनुभएको छ । पार्टीको जिल्ला अधिवेशन मंसिर मशान्तभित्रै हुने संयोजक भट्टराईले बताए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने