३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

आधिकारिक ट्रेड युनयिन जुम्लाको कार्यालय उद्घाटन

७ कार्तिक २०७३, आईतवार ०४:०५

 नन्दराम जैशी/कात्तिक ७, जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाको परिसरमा रहेको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनयिन जुम्लाको कार्यालय उद्घाटन गरिएको छ । 

निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियन केन्द्रीय उपाध्यक्ष भोलानाथ पोखरेलले शनीबार एक औपचारिक कार्यक्रमका वीच कार्यालय उद्घाटन गर्नु भएको हो । भवन उद्घाटनका अवसरमा बोल्दै केन्द्रीय उपाध्यक्ष पोखरेलले प्रत्येक निजामति कर्मचारीको सहज र सुलभ सेवा प्रवाह प्रमुख उद्देश्यका रुपमा स्थापित हुनुपर्ने बताउनु भयो ।

ट्रेड युनियन भित्र टुडफुड भन्दा पनि आपसी सहकार्य आवश्यक रहेको भनाई  छ । उहाका अनुसार निजामती कर्मचारीहरुको सरुवा र बडुवाका लागि कथित राजनितिक दलको सदस्यता बोक्नुपर्ने सस्कृतिको अन्त्य हुनु पर्ने बताईएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद न्यौपानेले निजामति कर्मचारी कसैले पनि आफ्नो कर्तव्य भुल्न नहुनेमा जोड दिनु भएको छ ।

 समापन सत्रमा बोल्दै आधिकारिक टे«ड युनयिन जुम्लाका अध्यक्ष खडानन्द चौलागाईले लामो समयको त्याग र बलिदानी पछि आधिकारिक टे«ड युनयिनको जन्म भएको भन्दै युनियनलाइ प्रभावकारी बनाउन धेरै कार्य गर्न आवाश्यक रहेको उहाको भनाइ छ । 

चौलागाईले निजामती कर्मचारीहरुको आधिकारिक टे«ड युनियनको शुरुवात विश्वमा दोस्रो र एसियामा प्रथम पटक नेपालमा लागु भएको जानकारी दिनु भयो । कार्यालय  उद्घाटन कार्यक्रममा जिल्लास्थित निजामती कर्मचारी, राजनितिक दलका प्रमुख एंव प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’