प्रेम सुनार/कात्तिक ७, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले मधेशी मोर्चाले उठाएका मागहरु सम्वोधन गरेरै छाड्नु पर्नेमा जोड दिएका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/कात्तिक ७, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले मधेशी मोर्चाले उठाएका मागहरु सम्वोधन गरेरै छाड्नु पर्नेमा जोड दिएका छन् ।
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसी मर्चाका माग पुरा गर्नैपर्छ: कोईराला

७ कार्तिक २०७३, आईतवार १२:२८

प्रेम सुनार/कात्तिक ७, गुल्मी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले मधेशी मोर्चाले उठाएका मागहरु सम्वोधन गरेरै छाड्नु पर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गुल्मीले सदरमुकाम तम्घासमा रहेको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता भेटघाट तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोईरालले भने–‘ संविधान संशोधन गरेर हामीले मधेसी मोर्चाले उठाएका मागहरु हामीले सम्वोधन गर्ने पर्छ ।’

नेकपा एमालेले  विरोध गर्दै आई रहेको चारवटा विषयलाई सम्वोधन गर्नु पर्ने कुरालाई जोड दिदै उनले यस भेगका पाहडी जिल्लावासीका लागि तराईका जिल्ला छुटाउन नहुने माग जायज भए पनि तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला र एमालेका अध्यक्ष केपी ओली विच नवलपरासी देखि वर्दिया सम्म एउटै प्रदेश बनाउने सहमतिको दस्तावेज अहिले पनि संसदमा भएको  खुलसा गरे ।

उनले  माओवादी केन्द्र र नेकपा एमाले विच तान्डव नृत्य भएको आरोप लगाउँदै उनले तत्कालिन अवस्थामा जिल्लका नेताहरु संग छलफल परामर्श गर्नु त परै जाओवस केन्द्रिय समिति र सांसदहरु विच  संग समेत छलफल नगरी त्यस्तो विषय उठाईएको उनको भनाई थियो ।

कार्यक्रममा अर्का केन्द्रिय सदस्य आनन्दप्रसाद ढुङ्गना, नेवि संघका निर्वतमान केन्द्रिय अध्यक्ष रञ्जीत कर्ण लगायतका भातृ संगठनका अन्य केन्द्रिय नेताहरुले समेत मन्तव्य राखेका थिए । कार्यक्रमा नेपाली कांग्रेस गुल्मीका पुर्व जिल्ला अध्यक्षहरु, पुर्व पदाधिकारीहरु, महाधिवेशन प्रतिनिधीहरु, महासमिति सदस्यहरु, भातृ संगठनका नेताहरु, क्षेत्रिय समितिका सभापतिहरु र गाउँ स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष हरिबहादुर केसीको स्वागत मन्तव्य र सचिव खिलध्वज पन्थीको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव