२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान प्रकरण सत्ता गठवन्धन तोड्ने खेलः कोईराला

८ कार्तिक २०७३, सोमबार ०५:५८


प्रेम सुनार/कात्तिक ८, गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले लोकमान सिंह कार्की विरुद्ध ल्याईएको महाअभियोग प्रकरण अहिलेको सत्ता गठबन्धन तोड्ने खेलका रुपमा नेपाली कांग्रेसले लिएको बताएका छन् ।

उनले नेपाल प्रेस युनियन गुल्मी शाखाले आज विहान सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले  उति वेलै सिमित नेताहरुको लहडमा लोकमानलाई नियुक्त गरिएको असन्तुष्टी प्रकट गर्दै भने –‘मैले त उति बेलै  पार्टी लोकमानलाई नियुक्ती गर्नु गलत हो भनेकै थिएँ । ’उति बेला  तत्कालिन प्रधानमन्त्री सुशिलदा र ओली जीले आ–आफ्नो पार्टीमा समेत छलफल नगरी लोकमानसिंहलाई नियुक्ती गरेको  असन्तुष्टी उनले पटक पटक दोहराई रहे ।

उनले थपे–‘ माओवादी केन्द्रले समेत कांग्रेस सत्ता साँझेदार दल हो, होईन भन्ने कुरा समेत विर्सिएर एमाले संग हात मिलायो, कमसेकम एक चोटी कांग्रेस संग त  सल्लाह गर्नु पर्दथ्यो ।  केहि महिना पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा सवैलाई जग जाहेरै भएको बताउँदै  त्यसलाई अवरोध गर्न लोकमानसिंह प्रकण ल्याईएको उनको आरोप थियो ।  

प्रष्ट शव्दमा तपाईहरु लोकमानसिंह महाअभियोगको पक्षमा कि विपक्षमा हुनुहुन्छ ?  भनेर पटक पटक पत्रकारहरुले सोध्धा उनले आफुले अहिले पटक्कै नबताउने अडान लिए । उनले पटक पटक मैले त उति बैलै तत्कालिन प्रधानमन्त्री सुशिल दा, रामचन्द्र जी , शेरबहादुर जि र ओली जीलाई लोकमानलाई ल्याउनै हुन्न भनेकै थिएँ भन्ने  कुरा मात्रै दोहराए तर प्रष्ट शव्दमा केहि भन्न चाहेनन् ।

उनले डाक्टर गोविन्द केसीले उठाएका मागहरु समेत एउटा लहड मात्रै भएको टिप्पणी गरे । म पटक्कै गोविन्द केसीको पक्षमा छैन् , उनले मनमोहन अधिकारी मेमोरियल मेडिकल कलेज लगायतलाई ध्वस्त पार्ने  षडयन्त्रका साथ त्यस्तो लहड निकालेका हुन् यसर्थ उनको पक्षमा म छँदै छैन् ’–कोईरालाले भने ।

पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य लक्ष्मण कर्ण लगायतका नेताहरु सहभागि थिए ।  नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा भुसालको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य