२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमान प्रकरण सत्ता गठवन्धन तोड्ने खेलः कोईराला

२०७३, ८ कार्तिक सोमबार ०५:५८


प्रेम सुनार/कात्तिक ८, गुल्मी । नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोईरालाले लोकमान सिंह कार्की विरुद्ध ल्याईएको महाअभियोग प्रकरण अहिलेको सत्ता गठबन्धन तोड्ने खेलका रुपमा नेपाली कांग्रेसले लिएको बताएका छन् ।

उनले नेपाल प्रेस युनियन गुल्मी शाखाले आज विहान सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनले  उति वेलै सिमित नेताहरुको लहडमा लोकमानलाई नियुक्त गरिएको असन्तुष्टी प्रकट गर्दै भने –‘मैले त उति बेलै  पार्टी लोकमानलाई नियुक्ती गर्नु गलत हो भनेकै थिएँ । ’उति बेला  तत्कालिन प्रधानमन्त्री सुशिलदा र ओली जीले आ–आफ्नो पार्टीमा समेत छलफल नगरी लोकमानसिंहलाई नियुक्ती गरेको  असन्तुष्टी उनले पटक पटक दोहराई रहे ।

उनले थपे–‘ माओवादी केन्द्रले समेत कांग्रेस सत्ता साँझेदार दल हो, होईन भन्ने कुरा समेत विर्सिएर एमाले संग हात मिलायो, कमसेकम एक चोटी कांग्रेस संग त  सल्लाह गर्नु पर्दथ्यो ।  केहि महिना पछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा सवैलाई जग जाहेरै भएको बताउँदै  त्यसलाई अवरोध गर्न लोकमानसिंह प्रकण ल्याईएको उनको आरोप थियो ।  

प्रष्ट शव्दमा तपाईहरु लोकमानसिंह महाअभियोगको पक्षमा कि विपक्षमा हुनुहुन्छ ?  भनेर पटक पटक पत्रकारहरुले सोध्धा उनले आफुले अहिले पटक्कै नबताउने अडान लिए । उनले पटक पटक मैले त उति बैलै तत्कालिन प्रधानमन्त्री सुशिल दा, रामचन्द्र जी , शेरबहादुर जि र ओली जीलाई लोकमानलाई ल्याउनै हुन्न भनेकै थिएँ भन्ने  कुरा मात्रै दोहराए तर प्रष्ट शव्दमा केहि भन्न चाहेनन् ।

उनले डाक्टर गोविन्द केसीले उठाएका मागहरु समेत एउटा लहड मात्रै भएको टिप्पणी गरे । म पटक्कै गोविन्द केसीको पक्षमा छैन् , उनले मनमोहन अधिकारी मेमोरियल मेडिकल कलेज लगायतलाई ध्वस्त पार्ने  षडयन्त्रका साथ त्यस्तो लहड निकालेका हुन् यसर्थ उनको पक्षमा म छँदै छैन् ’–कोईरालाले भने ।

पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य लक्ष्मण कर्ण लगायतका नेताहरु सहभागि थिए ।  नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तारा भुसालको सञ्चालन रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ