२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुर उद्योग वाणिज्य संघद्वारा उद्योग मन्त्री जोशीको स्वागत

२०७३, ८ कार्तिक सोमबार १०:३६

कार्तिक ७, हेटौंडा । नेपाल सरकारका उद्योग मन्त्री नविन्द्रराज जोशीलाई एक कार्यक्रमका वीच मकवानपुर उद्योग वाणिज्य संघले स्वागत गरेको छ ।

मकवानपुरमा रहेका विभिन्न उद्योगहरुको वस्तुस्थिति बुझ्न हेटौंडा आउनुभएका मन्त्री जोशीलाई स्वागत गरेको हो । हेटौंडा सिमेन्ट उद्योगको सभाकक्षमा भएको मजदुर तथा व्यवसायीहरुको भेटघाट कार्यक्रममा संघले व्यवसायीहरुका लागि विभिन्न औद्योगिक नीति, उद्योगमैत्री वातावरण बनाउन आग्रह गरिएको थियो । संघको तर्फबाट अध्यक्ष राजकुमार न्यौपानेले मन्त्री जोशीलाई फूलमाला लगाएर स्वागत गर्नुभएको थियो । 

स्वागत कार्यक्रममा संघले उद्योगहरुको विकासका लागि आफ्नो अवधारणा सहितको स्मरण पत्र समेत दिएको थियो ।कार्यक्रममा उद्योग सचिव शंकर प्रसाद कोईराला, मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त, जिल्ला प्रहरी प्रमुख मीरा चौधरी, हेटौंडा सिमेन्ट उद्योगका कर्मचारी, मजदुर, विभिन्न क्षेत्रका व्यवसायी, सञ्चारकर्मी, संघका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ