कात्तिक ९, पोखरा । नेकमा माओबादी केन्द्र निकट रहेको अखिल नेपाल सुकुम्वासी संघको कास्की जिल्लामा रहेका २८ जना नेता, कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, पोखरा । नेकमा माओबादी केन्द्र निकट रहेको अखिल नेपाल सुकुम्वासी संघको कास्की जिल्लामा रहेका २८ जना नेता, कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन ।
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओबादी निकट सुकुम्वासी संघका अध्यक्ष सहित २८ जनाले दिए राजिनामा

९ कार्तिक २०७३, मंगलवार ११:५७

कात्तिक ९, पोखरा । नेकमा माओबादी केन्द्र निकट रहेको अखिल नेपाल सुकुम्वासी संघको कास्की जिल्लामा रहेका २८ जना नेता, कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन ।

अध्यक्ष हर्कमान बिक, उपाध्यक्ष आईमान सिंह गुरुङ्ग, सचिव ओम बहादुर पौडेल, कोषाध्यक्ष जमुना परियार लगायत हालसम्म २८ जनाले पार्टी समक्ष राजिनामा बुझाएका छन ।

राजिनामा बुझाउनेहरुमा अखिल नेपाल सुकुम्वासी संघका केन्दीय सदस्य खुम कुमारी परियार, यमुना गुरुङ्ग,प्रज्वल राना, मिन बहादुर नेपाली प्रदेश सदस्य आईतमान गुरुङ्ग,रेख बहादुर गुरुङ्ग लगायतका रहेका छन ।

सिंगो कास्की जिल्लामा रहेका संगठनका प्रमुख तथा पदाधिकारीहरु र केन्द्रीय सदस्यहरुले एकै पटक राजिनामा बुझाएपछि माओबादी केन्द्रको कास्की जिल्लामा सुकुम्वासी संगठन रित्तिएको छ । पार्टीले तिन पटकसम्म सरकारको नेतृत्व गरीसक्दा पनि सुकुम्वासीको बारेमा उचित काम गर्न नसकेको उनिहरुले आरोप लगाएका छन । सरकारमा नजाँदा एउटा कुरा र सरकामा गएपछि अर्को कुरा गर्ने परपाटीले यो पटक पनि निरन्तरता पाएकाले आफुहरुले सामुहिक राजिनामा बुझाएको एक सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार उनिहरुले सुकुम्वासी बस्तीमा पानी, बिजुली, बाटो तथा बर्षो देखि बस्दै आएको स्थानमा लालपुर्जा उपलब्ध गराउन धेरैपटक सरकार वा पार्टी संबद्ध भेला, बैठकहरुमा आवाज उठाएपनि पार्टीले वास्था नगरेकोले राजिनामा दिएका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’