कात्तिक ९, पोखरा । नेकमा माओबादी केन्द्र निकट रहेको अखिल नेपाल सुकुम्वासी संघको कास्की जिल्लामा रहेका २८ जना नेता, कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ९, पोखरा । नेकमा माओबादी केन्द्र निकट रहेको अखिल नेपाल सुकुम्वासी संघको कास्की जिल्लामा रहेका २८ जना नेता, कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन ।
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

माओबादी निकट सुकुम्वासी संघका अध्यक्ष सहित २८ जनाले दिए राजिनामा

२०७३, ९ कार्तिक मंगलवार ११:५७

कात्तिक ९, पोखरा । नेकमा माओबादी केन्द्र निकट रहेको अखिल नेपाल सुकुम्वासी संघको कास्की जिल्लामा रहेका २८ जना नेता, कार्यकर्ताले सामुहिक राजिनामा दिएका छन ।

अध्यक्ष हर्कमान बिक, उपाध्यक्ष आईमान सिंह गुरुङ्ग, सचिव ओम बहादुर पौडेल, कोषाध्यक्ष जमुना परियार लगायत हालसम्म २८ जनाले पार्टी समक्ष राजिनामा बुझाएका छन ।

राजिनामा बुझाउनेहरुमा अखिल नेपाल सुकुम्वासी संघका केन्दीय सदस्य खुम कुमारी परियार, यमुना गुरुङ्ग,प्रज्वल राना, मिन बहादुर नेपाली प्रदेश सदस्य आईतमान गुरुङ्ग,रेख बहादुर गुरुङ्ग लगायतका रहेका छन ।

सिंगो कास्की जिल्लामा रहेका संगठनका प्रमुख तथा पदाधिकारीहरु र केन्द्रीय सदस्यहरुले एकै पटक राजिनामा बुझाएपछि माओबादी केन्द्रको कास्की जिल्लामा सुकुम्वासी संगठन रित्तिएको छ । पार्टीले तिन पटकसम्म सरकारको नेतृत्व गरीसक्दा पनि सुकुम्वासीको बारेमा उचित काम गर्न नसकेको उनिहरुले आरोप लगाएका छन । सरकारमा नजाँदा एउटा कुरा र सरकामा गएपछि अर्को कुरा गर्ने परपाटीले यो पटक पनि निरन्तरता पाएकाले आफुहरुले सामुहिक राजिनामा बुझाएको एक सदस्यले जानकारी दिए ।

स्रोतका अनुसार उनिहरुले सुकुम्वासी बस्तीमा पानी, बिजुली, बाटो तथा बर्षो देखि बस्दै आएको स्थानमा लालपुर्जा उपलब्ध गराउन धेरैपटक सरकार वा पार्टी संबद्ध भेला, बैठकहरुमा आवाज उठाएपनि पार्टीले वास्था नगरेकोले राजिनामा दिएका हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल