कात्तिक १०, धनकुटा । नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, धनकुटा । नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका"/>
२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानले समानन्तर सरकार चलाउन खोजे: नेता आचार्य

२०७३, १० कार्तिक बुधबार ०९:१८

कात्तिक १०, धनकुटा । नेकपा एमालेका नेता भीम आचार्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले समानन्तर प्रशासन चलाउने प्रयास गरेका कारण उनका विरुद्ध महाभियोग प्रस्ताव ल्याउनु परेको  बताएका छन् । 

प्रेस चौतारी नेपालले आज धनकुटामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कार्कीले समानान्तर सरकार चलाउन मात्र खोजेनन्, अदालतको मानहानी हुनेगरी संवैधानिक व्यवस्थाको धज्जी उडाउने भएकाले पनि उनका विरुद्धको महाअभियोग प्रस्ताव संसद्को दुई तिहाइ मतले पारित हुने दाबी गरे । 

एमाले प्रदेश नं. १ का इन्चार्ज समेत रहनुभएका नेता आचार्यले संविधान कार्यन्वयनका लागि दलबीचको एकता आजको आवश्यकता हो भन्दै दलबीचको सहमति र सहकार्यबाट नै मुलुकको समृद्धि हुने बताए । 

संविधान कार्यन्वयनमा सबै दल एक ठाउँमा नआए सङ्घीय संसद्, प्रदेश र स्थानीय तहको निर्वाचन सम्भव नहुने बताउँदै उनले भने– संविधान कार्यान्वयनका लागि दलबीच सहकार्य गर्न एमालेले छलफल अगाडि बढाएको छ । 

नेता आचार्यले संविधानमा सबैजातजाती, भाषा, धर्म र समुदायको अधिकार सुनिश्चित गरेकाले अब अधिकारको आन्दोलको आवश्यकता नभएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै १५४ क्षेत्रकाे मतपरिणाम सार्वजनिक मङ्गलबारसम्म आकाश नखुल्ने, केही स्थानमा हल्का वर्षाको सम्भावना समानुपातिकतर्फको मतपरिणाम अनुसार रास्वपाले १९ लाख मत प्राप्त १५० निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक, ११६ स्थानमा रास्वपाको जित ललितपुर–२ मा रास्वपाका उम्मेदवार जगदीश खरेल विजयी काठमाडौँमा वायु प्रदूषण बढ्यो सुनसरी-१ मा हर्क साम्पाङ विजयी सरकारले जेनजी आन्दोलनको क्रममा भएका घटनाको जाँचबुझ प्रतिवेदन सार्वजनिक गर्ने धादिङ–२ मा रास्वपाका बोधनारायण श्रेष्ठ विजयी सुनचाँदीको मूल्य बढ्यो नीति निर्माण तहमा महिलाको सहभागिता आवश्यक : प्रधानमन्त्री कार्की बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ