१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रधानमन्त्री केपी ओली भोलि विश्वासको मत लिदै,मत दिन एमालेद्वारा ह्वीप जारी

५ श्रावण २०८१, शनिबार ०९:०९

साउन ५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (आइतबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएको छ । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । पार्टीका सबै सांसदलाई भोलिको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई विश्वासको मत दिन ह्वीप जारी गरेको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि विश्वासको मत लिन लागेको हो। दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली काँग्रेसको सहयोगमा असार २८ गते प्रधानमन्त्रीमा दावी पेश गरेका थिए । सोही दिन तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका थिए। 

राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि दावी पेश गर्न आव्हान भएपछि काँग्रेस र एमाले सांसदहरुको संयुक्त हस्ताक्षरमा १६६ सांसदको हस्ताक्षरसहित अध्यक्ष ओली प्रधानमन्त्री पदमा दावी पेश गरेका थिए | सो अनुसार राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गरेका थिए  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु