१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विश्वासको मतमाथिको छलफलको क्रममा बैठकस्थलबाट बाहिरिए ओली

६ श्रावण २०८१, आईतवार १०:२०

साउन ६,  काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफललाई महत्त्व नदिएको पाइएको छ । आफैँले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफल जारी रहँदा ओली बैठकस्थलबाट बाहिरिएका हुन् । 

आइतबार प्रतिनिधिसभामा आफ्नो प्रस्ताव पेस भएपनि केही बेर बैठकमा बसेका उनी माओवादी केन्द्रका नेता वर्षमान पुनले धारणा राख्ने बेलामा बाहिरिए । पुनले बोल्ने पुरा अवधिसम्म नआएका उनी त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बोल्ने पालोमा पनि आएनन् । 

लिङ्देनले प्रधानमन्त्रीलाई बैठकमा नदेखेपछि व्यङ्ग्य गर्न भ्याइहाले । ‘प्रधानमन्त्रीजीले कतैबाट सुनिराख्नु भएकै होला, बधाई दिन चाहन्छु’, उनले बैठकमा भने । उनले केपी ओली प्रधानमन्त्री बन्दा स्वाभाविक रूपमा आफू खुसी हुने पनि बताए । उनले गएको चुनावमा तालमेल गरेको पनि स्मरण गरे । तर, विश्वासको मत भने आफूहरुले नदिने लिङ्देनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु