१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली प्रधानमन्त्री बन्दा सबैभन्दा बढी खुशी छु, तर विश्वासको मत दिदैनौं- लिङदेन

६ श्रावण २०८१, आईतवार ११:१२

साउन ६,  काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन् ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफु सबैभन्दा धेरै खुसी भएको बताए ।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संबिधान संशोधनको स्पष्ट खाका पेश गरेमा सरकारलाई सहयोग गर्ने पनि बताए ।

साथै उनले आम निर्वाचन हुना साथ आफुले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै अहिले आएर काँग्रेस-एमाले एक भएको प्रसंगमा यो गठबन्धन सफल नभए के हुन्छ भन्दै प्रश्न गरेका थिए । अध्यक्ष लिङदेनले माओवादी केन्द्र र फरक विचार राखिरहेका आफुहरुलाई मान्य हुने गरि नया सहमति गरेर अगाडी जान प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु